शनिबार, वैशाख २९, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विश्वको तापक्रम खतरानाक स्तरमा वृद्धि हुने राष्ट्र संघको चेतावनी

विश्वको तापक्रम खतरानाक स्तरमा वृद्धि हुने राष्ट्र संघको चेतावनी

जलवायु परिवर्तनलाई रोक्नका लागि विभिन्न प्रतिबद्धता व्यक्त गरिएका भए पनि विश्वको तापक्रम खतरानाक स्तरमा वृद्धि हुने चेतावनी दिइएको छ।
 |  शनिबार, असोज २, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज २, २०७८

न्युयोर्क- जलवायु परिवर्तनलाई रोक्नका लागि विभिन्न प्रतिबद्धता व्यक्त गरिएका भए पनि विश्वको तापक्रम खतरानाक स्तरमा वृद्धि हुने चेतावनी दिइएको छ। संयुक्त राष्ट्रसंघले गरेको पछिल्लो मूल्यांकनका आधारमा यस्तो चेतावनी दिएको बीबीसीले जनाएको छ। 

triton college

राष्ट्र संघका विज्ञहरूले करिब १०० भन्दा बढी मुलुकहरूको जलवायु परिवर्तनलाई रोक्ने योजनाबारे अध्ययन गरेपछि विश्व गलत दिशामा अघि बढिरहेको निष्कर्ष निकालेको हो। 

वैज्ञानिकहरूले केही समय अघि विश्व तात्ने अवस्थालाई नियन्त्रण गर्नका लागि कार्बन उत्सर्जन सन् २०३० सम्म ४५ प्रतिशतले घटाउनु पर्ने बताएका थिए। तर, पछिल्लो विश्लेषणले कार्बन उत्सर्जन १६ प्रतिशतले वृद्धि भएको पाइएको छ। 

उक्त दरमा भइरहेको कार्बन उत्सर्जनका कारण विश्वको तापक्रम २.७ डिग्री सेल्सेसियसका दरले बढेको पाइएको छ। अन्तर्राष्ट्रिय समुदायले तोकेको मापदण्डभन्दा तापक्रम वृद्धि बढी भएको पाइएको हो। 

राष्ट्र संघका जलवायु वार्ताकार प्रमुख प्याट्रसिया इस्पिनोसाले भने, 'कार्बन उत्सर्जन १६ प्रतिशतले वृद्धि भइरहेको अवस्थामा विश्वको गम्भीर ध्यानाकर्षण हुनुनपर्छ। वैज्ञानिकहरूले कार्बन उत्सर्जन ४५ प्रतिशतले कम गनुपर्ने सुझाएको भए पनि १६ प्रतिशतले वृद्धि हुने खतराको अवस्था हो।'

corrent noodles
Metro Mart

यसको परिणामहरू गम्भीर हुने र निकै दयनीय अवस्था सिर्जना हुने उनको चेतावनी छ। जलवायु परवर्तनका विषयमा आयोजना हुने सम्मेलन कोप २७ सुरु हुन ६ साता बाँकी रहेको समयमा राष्ट्रसंघले यस्तो तथ्यांक सार्वजनिक गरेको हो। 

उक्त सम्मेलनको मुख्य उद्देश्य जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि आशा जगाएको छ। उक्त सम्मेलनमा राष्ट्रहरूलाई कार्ब उत्सर्जन कम गर्न आग्रह गरिने भएको छ। यसअघि भएको पेरिस सम्झौतामा राष्ट्रहरूले हरेक पाँच वर्षमा कार्बन उत्सर्जन कम गरेको प्रतिवेदन प्रस्तुत गर्ने बताइएको थियो। 

तर, राष्ट्रसंघको प्रतिवेदन अनुसार पेरिस सम्झौतामा भाग लिएका १९१ राष्ट्रहरूमध्ये ११३ राष्ट्रहरूको अवस्थामा मात्र केही सुधार देखिएको बताइएको छ।

प्रकाशित: Sep 18, 2021| 06:39 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।