शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनी क्याबिनेट : स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय, बुटवलका वडा छुट्याउन सिफारिस

लुम्बिनी क्याबिनेट : स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय, बुटवलका वडा छुट्याउन सिफारिस

लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। गत वर्ष प्रदेशसभाले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी घोषणा गरेको थियो।
 |  शुक्रबार, असोज १, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज १, २०७८

बुटवल- लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। गत वर्ष प्रदेशसभाले दाङको भालुवाङ क्षेत्रलाई स्थायी राजधानी घोषणा गरेको थियो। 

triton college

प्रदेशको स्थायी राजधानीमा भौतीक संरचना नभएको भन्दै ‘अस्थायीबाट अस्थायी’मा लैजान लागेको भन्दै गठबन्धनकै दलहरुले विरोध गर्दै आएका थिए। तर, शुक्रबार बसेको लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् बैठकले स्थायी राजधानीमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरको हो। बैठकले मुख्यमन्त्री कार्यालयका लागि आवश्यक पूर्वाधार तयार पार्न पर्यटन तथा शहरी विकास मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको प्रवक्ता कृष्णध्वज खड्काले बताए। 

यसअघि शंकर पोखरेल सरकारले दाङको भालुवाङमा पर्यटन तथा शहरी विकास मन्त्रालयको कार्यालय स्थापना गरेको थियो। यो मन्त्रालयले समेत स्थायी राजधानीबाट पूर्ण रुपमा काम गर्न सकेको छैन। पूर्वाधार नभएकाले कर्मचारी भने स्थायी राजधानीमा जान नसक्ने बताउँदै आएका छन्। 

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा प्रदेशभित्रका विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ५७ जनालाई प्रदेश सरकारको तर्फबाट कदर तथा सम्मान स्वरुप प्रदेश पदकद्वारा विभूषित गर्ने घोषणा गर्ने जनाएको छ। 

बैठकले साविक मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सट्टा मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका नाममा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता खड्काले बताए। 

corrent noodles
Metro Mart

यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा घर्तीगाउँ रोल्पा निवासी रमेशबहादुर वली क्षेत्रीलाई नियुक्त गरेको छ। यसैगरि बैठकले कर्मचारी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ दोस्रो संशोधन स्वीकृत गरेको छ। 

प्रदेश सरकारले झिमरुक गाउँपालिकाको गाउसभाबाट प्राप्त प्रस्तावअनुसार गाउँपालिकाको केन्द्रको नाम भ्यागुतेको सट्टा मच्छी कायम गर्ने, त्रिवेणी गाउँपालिकाको वडाहरुलाई थपघट/समायोजन गर्ने, रोल्पा नगरपालिकाको वडाहरुलाई थपघट/समायोजन गर्न संघीय सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। यसैगरी बुटवल उपमहानगरपालिकाका वडा छुट्याउने प्रस्तावलाई समेत संघीय सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ।

प्रकाशित: Sep 17, 2021| 20:24 शुक्रबार, असोज १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।