शुक्रबार, वैशाख १४, २०८१

ट्रक व्यवसायीको समस्या समाधान गर्ने सहमति

ट्रक व्यवसायीसँग सम्बन्धित स्थायी लेखा नम्बर, भुक्तानीको लाग्ने अग्रीम करकट्टी, मूल्य अभिवृद्धि कर, दर्तालगायतका समस्या समाधान गरिने भएको छ ।
 |  बिहीबार, साउन १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १, २०७७

ट्रक व्यवसायीसँग सम्बन्धित स्थायी लेखा नम्बर, भुक्तानीको लाग्ने अग्रीम करकट्टी, मूल्य अभिवृद्धि कर, दर्तालगायतका समस्या समाधान गरिने भएको छ ।

triton college

अर्थ मन्त्रालय, राजश्व व्यवस्थापन महाशाखा, आन्तरिक राजश्व विभाग, ट्रक यातायात व्यवसायी महासङ्घ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीबीच आज बसेको संयुक्त बैठकले ट्रक व्यवसायीको समस्या समाधान गर्ने निर्णय गरेको हो ।

बैठकमा अधिकांश ट्रक व्यवसायीले स्थायी लेखा नम्बर नलिई करको दायरा बाहिर रहेको भन्दै त्यस्ता व्यवसायीलाई स्थायी लेखा नम्बर प्रदान गर्न सम्बन्धित निकायले सहजीकरण गर्ने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका उपाध्यक्ष यादवलाल श्रेष्ठले जानकारी दिए।

कुनै व्यवसायीले आफूले ढुवानी कार्य नगरी ट्रक भाडामा दिए भाडामा लिने व्यक्तिलाई स्थानीय तहमा शुरु व्यवसाय दर्ता गरी सो व्यवसाय दर्ताको आधारमा वा ट्रकको ब्लु बुकको आधारमा आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयबाट स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था मिलाउने व्यवस्था गर्ने निर्णय गरेको छ ।

यस्तै, आयकर ऐन, २०५८ को दफा ८८ को उपदफा १ को खण्ड ८ बमोजिम बाहेकका प्राकृतिक व्यक्तिको ढुवानी साधन (ट्रक) भाडामा दिए वापतको भुक्तानी रकममा २.५ प्रतिशतका दरले गर्नुपर्ने अग्रीम कर कट्टीलाई अन्तिम करकट्टी हुने व्यवस्था गर्ने निर्णयसमेत गरेको छ ।

corrent noodles
Metro Mart

भाडामा दिने व्यक्तिले आफुले ढुवानीको कार्य नगरी आफूसँग रहेको ढुवानीको साधन भाडामा दिएवापतको कारोबारमा देखिएको मूल्य अभिवृद्धिकर सम्बन्धि समस्याका बारेमा उपयुक्त कानुनी व्यवस्था गरी समाधान गरिने भएको छ ।
रासस

प्रकाशित: Jul 16, 2020| 05:31 बिहीबार, साउन १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।