शुक्रबार, वैशाख १४, २०८१

मुलुकभर २९ विपद्जन्य घटना : १२ को मृत्यु, ३२ बेपत्ता

पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएका छन्। तिमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न स्थानमा २९ वटा विपद्जन्य घटना भएका छन्। तिमध्ये १४ स्थानमा पहिरो गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

triton college

बिहीबार सिन्धुपाल्चोकमा आएको बाढी पहिरो तथा गएराति मुलुकका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परेर १२ जनाको मृत्यु भएको र ३२ जना सम्पर्कविहीन रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। उनका अनुसार बाढी पहिरोमा परेर २२ जना घाइते भएका छन्।

कास्कीको पोखरा महानगरपालिका–१८ स्थित सराङ्कोटमा बिहान पहिरोमा परेर चार जनाको मृत्यु भएको तथा नौ जना घाइते भएका छन्। पहिरो झरेर घर पुरिँदा जन्मदिन मनाउन आएका व्यक्ति परेको जनाइएको छ।

यस्तै कास्कीको छोरेपाटनमा पहिरोमा परी तीन जना घाइते भएका छन्। कास्कीकै हेम्जामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ। पैतेडाँडामा एक घर पहिरोमा पुरिँदा एक व्यक्ति बेपत्ता भएको प्राधिकरणले जनाएको छ।

लमजुङ्को बेँसीशहर नगरपालिका–७ स्थित एक घरमा पहिरो खस्दा तीन जनाको मृत्यु भएको तथा तीन जना घाइते भएका छन्। म्याग्दीको धवलागिरी गाउँपालिका–६ मा पहिरो आएर दुई घर पुरिँदा १० जना सम्पर्कविहीन भएको र अन्य दुई घरमा क्षति पुगेको जनाइएको छ।

corrent noodles
Metro Mart

धनकुटामा ढुङ्गा खसेर एक जनाको मृत्यु भएको छ। यस्तै सिन्धुलीमा तीन, मकवानपुर र प्यूठानको चार स्थानमा बाटो अबरुद्ध भएको जनाइको छ। दैलेखको नारायण नगरपालिका २ कुसाडाँडामा सर्पले टोकेर एक जनाको मृत्यु भएको जनाइएको छ।

यसैबीच सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशी गाउँपालिकामा बिहीबार खरेको पहिरोमा दुई जनाको मृत्यु भएको छ भने २१ जना सम्पर्कविहीन रहेको तथा सात घाइते भएको प्राधिकरणले आज एक सूचना जारी गरी जनाएको छ।

आज कोशी, नारायणी नदीको बहाव उल्लेख्य बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। त्यसका केही सहायक नदीसमेत खतराको आसपास पुग्ने भएकाले सावधानी अपनाउन भनिएको छ। कर्णाली, महाकाली, र यसका सहायक नदीमा भने बहाव सतर्कताभन्दा तल नै रहनेछ। कन्काई, कमला, वाग्मतीलगायत नदीमा बहाव बढ्दो छ।

त्यसका केही सहायक नदीमा आकस्मिक रुपमा बहाव बढ्नसक्ने पूर्वानुमान गरिएको छ। पश्चिम राप्ती, बबईलगायतमा बहाव बढ्दो रहेको तर आज खतराको तहभन्दा तल नै रहनेछ।

प्रदेश नं १, २, गण्डकी प्रदेशका विभिन्न ठूला तथा साना नदीहरुमा आकस्मिक रुपमा पानीको बहावको उच्च हुने सम्भावना रहेको विभागले जनाएको छ।

अन्य प्रदेश तथा पहाडी क्षेत्र र सम्भावित जोखिम क्षेत्रका समुदायलाई सावधानी अपनाउन र सुरक्षित रहनसमेत प्राधिकरणले अनुरोध गरेको छ। रासस

प्रकाशित: Jul 10, 2020| 20:09 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।