शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारले भनेको भरमा व्यवसायीले सार्वजनिक गाडी नचलाउने

सरकारले भनेको भरमा व्यवसायीले सार्वजनिक गाडी नचलाउने

सरकारले आज (शुक्रबार) बाट सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि यातायात व्यवसायीले नचलाउने भएका छन् ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं- सरकारले आज (शुक्रबार) बाट सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि यातायात व्यवसायीले नचलाउने भएका छन्।

triton college

सरकारले भनेको भरमा अहिलेकै अवस्थामा सडकमा गाडी निकाल्न सकिने अवस्था नरहेको नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए।

उनले नेपाल समयसँग भने, 'अहिले गाडीको अवस्था ठिक छैन। मजदुर कहाँ छन् ठेगान छैन। यस्तो अवस्थामा कसरी गाडी चलाउन सकिन्छ।'

यद्यपि यस विषयमा आज दिउँसो महासंघको बैठक बसेर निर्णय गर्ने उनले बताए। उनका अनुसार सरकारले यातायात व्यवसायी र मजदुरका समस्या समाधान नगरेसम्म तत्काल गाडी नचलाउने महासंघको तयारी छ।

प्रकाशित: Jul 10, 2020| 11:59 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।