काठमाडौं– मुलुकका ५ जिल्लामा बिहीबार कोराना भाइरस मुक्त देखिएको छ भने ६ जिल्लामा पाँच सयभन्दा बढी संक्रमित उपचार गराइरहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण शून्य भएका जिल्लामा धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ र हुम्ला छन्।
यस्तै महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरामा पाँच सयभन्दा बढी कोरोना भाइरस संक्रमितको उपचार भइरहेको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा बताए।