शनिबार, वैशाख १५, २०८१

ला लिगामा बार्सिलोनाको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले आफ्नै मैदानमा एस्पानोयललाई हराएको छ।
 |  बिहीबार, असार २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार २५, २०७७

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले आफ्नै मैदानमा एस्पानोयललाई हराएको छ।

triton college

बार्सिलोनाको क्याम्प नाउ रंगशालामा सम्पन्न खेलमा घरेलु टिमले १–० गोल अन्तरको जित निकालेको हो।

जितका लागि लुइस स्वारेजले गोल गरे। उनले खेलको ५६ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई जिताए। त्यसअघि खेलको पहिलो हाफ भने गोलरहित बराबरीमै रोकिएको थियो।

जितका साथ बार्सिलोना दोस्रो स्थानम कायम छ। उसले ३५ खेलमा ७६ अंक बनाएको छ। त्यस्तै एक खेल कम खेलेको रियल मड्रिड ७७ अंकका साथ शीर्ष स्थानमा छ भने ७६ अंकको एट्लेटिको मड्रिड उपाधि होडबाट बाहिरिसकेको छ। एट्लेटिको तेस्रो स्थान छ।

खेलमा पराजित एस्पानोयल भने २४ अंकका साथ पुछारमा छ।

corrent noodles
Metro Mart

यता खेलको ५० औं मिनेटमा बार्सिलोनाका अन्सु फाती रातो कार्ड खाँदै बाहिरिए। उनले एस्पानोयललका क्यालिरोमाथि फाउल गरेपछि रेफ्रीले उनलाई मैदानबाहिर पठाए। त्यस्तै फाती बाहिर गएको ३ मिनेटमै पोल लोजानो पनि रातो कार्ड खाँदै बाहिरिए। लोजानोले बार्सिलानाका डिफेन्डर पिकमाथि फाउल गरेका थिए।

बुधबार राति नै सम्पन्न अन्य खेलमा गेटाफेले घरेलु मैदानमै भिल्ला रियलसँग ३–१ गोल अन्तरको हार बेहोरेको छ। त्यस्तै रियल बेटिसले आफ्नै मैदानमा पाहुना टाली आसासुनाविरुद्ध ३–० गोलको जित निकालेको छ।

ला लिगामा आजका खेलः
मायोर्का र लेभान्टे, राति सवा ११ बजे
आइबर र लेगानेस, राति सवा ११ बजे
एथ्लेटिक क्लब र सेभिया, राति पौने २ बजे

प्रकाशित: Jul 09, 2020| 07:57 बिहीबार, असार २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।