शुक्रबार, वैशाख १४, २०८१

मेगा बैंकले विस्तार गर्‍यो एकैदिन ६ स्थानमा शाखा

बैंकले प्रदेश १ मा एक, बागमती प्रदेशका ३ स्थानमा, लुम्बिनी प्रदेश र सुदूरपशि्चम प्रदेशका एकएक स्थानमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

काठमाडौँ‐ मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकै दिन ६ स्थानमा शाखा विस्तार गरेको छ। बैंकले प्रदेश १ मा एक, बागमती प्रदेशका ३ स्थानमा, लुम्बिनी प्रदेश र सुदूरपशि्चम प्रदेशका एकएक स्थानमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो। 

triton college

प्रदेश १ स्थित सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-१६ लबिपुरमा, बागमतीको नुवाकोट जिल्ला विदुर नगरपालिका-२ बट्टार, चितवनको भरतपुर महानगरपालिका-७ विकास चोकमा र सोही महानगरपालिका-१० भरतपुर हाइटमा पनि बैंकले नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ। 

त्यस्तै, लुम्बिनी प्रदेशको बाँके जिल्लास्थित नेपालगञ्ज उपमहानगरपालिका-१८ करकाँदोमा र सुदूरपश्चिम प्रदेशको कैलालीस्थित धनगढी उपमहानगरपालिका-१ एलएन चोकमा पनि नयाँ शाखा विस्तार गरेको बैंकले जनाएको छ। यी शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ शुक्रबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुलसीराम पोखरेलले जानकारी दिए। 

योसँगै मेगा बैंकले हालसम्म १ सय ८४ शाखा विस्तार गरी सेवा प्रवाह गर्न थालेको छ। निकट भविष्यमै थप १० वटा नयाँ शाखाहरु सञ्चालनमा आउने तयारी भइरहेको पोखरेलले बताए। 


प्रकाशित: Jul 30, 2021| 17:20 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्