आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षीको अवरोधबीच बजेटमाथिको छलफल प्रस्ताव पारित

सुदूरपश्चिम प्रदेशसभा : प्रतिपक्षीको अवरोधबीच बजेटमाथिको छलफल प्रस्ताव पारित

प्रतिपक्षी दलहरुको अवरोधबीच सुदूरपश्चिम प्रदेशसभाले बजेटमाथिको छलफल प्रस्ताव पारित गरेको छ।
 |  आइतबार, असार २१, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार २१, २०७७

धनगढी- प्रतिपक्षी दलहरुको अवरोधबीच सुदूरपश्चिम प्रदेशसभाले बजेटमाथिको छलफल प्रस्ताव पारित गरेको छ।

triton college

बैठकले बजेटमाथिको छलफल प्रस्ताव बहुमतले पारित गरेको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए। उनका अनुसार छलफल प्रस्ताव पारित भएसँगै बैठक सकिएको छ। अर्काे बैठक भोलि दिउँसो ३ बजे बस्नेछ।

यसअघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र प्रतिपक्षी दल जनता समाजवादी पार्टी (जसपा)को अवरोधबीच सभामुख अर्जुनबहादुर थापाले बैठक सञ्चालन गरेका थिए। प्रतिपक्षी दलका सांसदहरुले बैठक सुरु हुनासाथ आ-आफ्नो ठाउँबाट उठेर नाराबाजी गरेका थिए।

सोही क्रममा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेटमाथिको छलफल प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए।

सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रण तथा रोकथाममा प्रभावकारी रुपमा काम नगरेको भन्दै कांग्रेस र जसपाले विरोध जनाइरहेका छन्।

corrent noodles
Metro Mart

उनीहरुले तत्काल कोरोनाको पिसिआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्वारेन्टिनमा बसेकाहरूलाई कोरोना परीक्षण नै नगरी घर पठाउन रोक्नुपर्ने, क्वारेन्टिन तथा आइसोलेसनको उचित व्यवस्थापनसँगै कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्ने माग गर्दै बैठक अवरोध गर्दै आएका छन्।

प्रतिपक्षी दलहरूको अवरोधका कारण संसदमा बजेट प्रस्तुत भएको २० दिनसम्म पनि छलफल हुन सकेको छैन।

प्रकाशित: Jul 05, 2020| 11:10 आइतबार, असार २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।