सोमबार, वैशाख २४, २०८१

ओली र दाहालबीच बालुवाटारमा तीन घण्टा छलफल, मिलेन मन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार झण्डै ३ घण्टा लामो छलफल भएको छ।
 |  शुक्रबार, असार १९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १९, २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीच शुक्रबार झण्डै ३ घण्टा लामो छलफल भएको छ।

triton college

गत १० गते स्थायी समिति बैठक सुरु भएयता विभिन्न राजनीतिक मुद्दाले एकअर्काप्रति रुष्ट दुई अध्यक्षबीच शुक्रबार ३ घण्टा लामो छलफल भए पनि कुनै ठोस सहमति भने बन्न सकेन।

बालुवाटारमा भएको छलफलमा दुबै नेता आआफ्नो अडानमा रहेका कारण बैठक कुनै निष्कर्षमा पुग्न नसकेको स्रोतले जनाएको छ।

बैठकमा अध्यक्ष दाहालले ओलीलाई संसद अधिवेशन अन्त्य गर्नुको रहस्यबारे प्रश्न तेस्र्याएका थिए। साथै पार्टी एकीकरण संकटमा पार्ने गरी र पार्टीभित्र सहमति नजुटेका विषयमा अध्यादेश जारी गर्न खोजिएको हो कि भन्ने प्रश्न पनि गरेको बताइएको छ।

पार्टी अध्यक्ष दाहालसहितका नेताहरुले ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने माग राखेपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको छ।

corrent noodles
Metro Mart

पार्टीमा सचिवालय र स्थायी कमिटीका अधिकांश नेतारुले ओलीलाई दुबै पदबाट राजीनामा दिन दबाब बढाएका छन्।

पार्टीको निर्णय नमानेको, मनलाग्दी अभिव्यक्तिहरु दिने गरेको तथा पार्टीमा नेताहरुको कुरा नसुन्ने गरेको भन्दै अन्य नेताहरुले ओलीलाई पदबाट हटाउनेसम्मको तयारी गरेका छन्।

शुक्रबार प्रचण्डसँगको छलफलमा अध्यक्ष ओलीले आफूले कुनै पनि पदबाट राजीनामा नदिने अडान दोहोर्याएका छन्।
ओलीले अडान नछोडेपछि लामो समयसम्म चलेको बैठकमा कुनै निष्कर्ष निस्किन नसकेको हो।

ओली र प्रचण्डबीचको छलफलमा महासचिव विष्णु पौडेल तथा नेता जनार्दन शर्मा पनि सहभागी भएका थिए।

ओलीले शुक्रबार बिहानै प्रचण्डलाई सन्देश पठाएर राजीनामा दिने प्रस्ताव हो भने आफूले भेटवार्ता नगर्ने स्पष्ट पारिसकेका थिए।

शीर्ष नेताहरुबीच विवाद बढ्दै गएपछि जारी स्थायी समिति बैठक शनिबारसम्मका लागि स्थगित गरिएको छ।

प्रकाशित: Jul 03, 2020| 16:15 शुक्रबार, असार १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।