सोमबार, वैशाख १७, २०८१

सलहको झुण्ड सुर्खेतमा, कर्णालीमा उच्च सतर्कता

सुर्खेतमा पनि सलह आइपुगेको छ। लेकवेसी नगरपालिका–३, दशरथपुरका केही क्षेत्रमा सलहको सानो झुण्ड देखिएको कृषि अनुसन्धान केन्द्र, दशरथपुरका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिए।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

सुर्खेत- सुर्खेतमा पनि सलह आइपुगेको छ। लेकवेसी नगरपालिका–३, दशरथपुरका केही क्षेत्रमा सलहको सानो झुण्ड देखिएको कृषि अनुसन्धान केन्द्र, दशरथपुरका सूचना अधिकारी केशवराज पोखरेलले जानकारी दिए।

triton college

“दशरथपुरमा बिहानैदेखि सलहको सानो समूह घुमिरहेको छ,” उनले भने, “सानो बथान भएका कारण आत्तिनुपर्दैन।”

दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको हुनसक्ने पोखरेलको अनुमान छ। “दशरथपुरमा सानो समूह देखिए पनि कर्णालीमा सलहको बथान नै आइसकेको हुनसक्छ,” उनले भने, “अब सलह नियन्त्रणका लागि किसानले सजकता अपनाउने समय आइसक्यो।”

सुर्खेतमा सहलको सानो समूह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाएको छ। सलहलाई धपाउने उपायको खोजी गर्दै १० वटै जिल्लामा कार्यालय, कृषिसँग सम्बन्धित गैरसरकारी संघसंस्था र किसानलाई उच्च सतर्क बनाइएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

“सलह नियन्त्रणका लागि प्रदेशसँग छुट्टै उपाय छैनन्। तर, यसलाई धपाउने र नियन्त्रण गर्नका लागि कृषिसँग काम गर्ने सबैसँग समन्वयको प्रयास भइरहेको छ,” मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितले भने, “१० वटै जिल्लाका कृषि कार्यालयलाई हाइअर्लटमा राखेका छौं।”

corrent noodles
Metro Mart

सलहले किसानले लगाएको खेतबालीमा ठूलो क्षति पुर्याउन सक्ने भन्दै मन्त्रालयले धानको बीउ छोप्न र ड्रम बजाउन किसानलाई सुझाव दिएको छ।

“सलहको बथानलाई नष्ट गर्न ड्रोनबाट विषादी छर्कनुपर्छ, कर्णालीमा तत्काल त्यो सम्भव छैन,” उनले भने, “अब किसानले धानको बीउ छोप्नु र ठूलो आवाजमा ड्रम ठोक्नुको विकल्प छैन।” सहलको बथान देख्नबित्तिकै जतिसक्यो ठूलो आवाजमा थाली, म्युजिक, ड्रम बजाएर धपाउन सकिने उनको भनाइ छ।

हावाको गतिसँगै केही सलहको सानो झुण्ड कर्णालीमा प्रवेश गरेको मन्त्रालयको अनुमान छ। “यो १० दिनमा पाँच हजार किलोमिटरसम्म यात्रा गर्छ, अहिले सानो झुण्ड आए पनि भोलिका दिनमा बथाउन नै आउन सक्छ,” पण्डितले भने, “प्रदेश र स्थानीय सरकारले सलह मार्ने र धपाउने उपाय खोज्ने बेला भइसकेको छ।”

सुर्खेतमा विशेष तयारी

सलह किरा नियन्त्रणका लागि सुर्खेतमा विशेष तयारी अपनाइने भएको छ। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अनुसार सुर्खेतमा पावर स्प्रेदेखि विषादी तथा गाडीसम्म तयारी अवस्थामा राखिएको छ। किरा नियन्त्रणका लागि एग्रोभेट व्यवसायी संघ, सुर्खेतले विषादी तयारी अवस्थामा राख्ने छ।

कृषि विकास निर्देशनालयसँगको सम्वन्यमा कृषिसँग सम्बन्धित विभिन्न संघसंस्था, सहकारी, कृषि फर्मलाई पावर स्प्रे र गाडी तयारी गर्ने भएका छन्।

त्यस्तै, सबै स्थानीय तहमा सक्रिय संघ-संस्थालाई प्रचार–प्रसार र जनचेतनामूलक कार्यक्रम गर्ने छन्। एकीकृत कृषि प्रयोगशालाको समन्वयमा सबै स्थानीय तहसँग समन्वय गर्ने छ भने उपत्यकाभित्र किरा व्यवस्थापनसम्बन्धि माइकिङ गर्ने छ।

त्यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले बराहताल, पञ्चपुरी र चौकेन गाउँपालिकामा प्रचार–प्रसार र जनचेतनामूलक कार्यक्रम गर्नेछ। किसान टुले लेकवेसी, गुर्भाकोट, वीरेन्द्रनगर र पञ्चपुरीका किसानलाई सलह धपाउन जनचेतना फैलाउने छ।

कृषि अनुसन्धान केन्द्र, दशरथपुर, लेकवेसी र गुर्भाकोट नगरपालिकाले सञ्चार माध्ययममा प्राविधिक सूचना तयारी उपलब्ध गराउने छ। अएसडीपीले सुर्खेतमा सलह किरा व्यवस्थापनसम्बन्धी जनचेतनामूलक सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने भएको छ।

 

प्रकाशित: Jun 30, 2020| 17:02 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।