शुक्रबार, वैशाख १४, २०८१

किसानका नाममा आएका ट्याक्टर जसपाका नेता-कार्यकर्ताले पाए

सोही क्रममा प्रदेश २ को कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले किसानहरुको उत्थानको नाममा कार्यकर्ता पोस्दै आएको खुलेको हो।
 |  बुधबार, भदौ ३०, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

बुधबार, भदौ ३०, २०७८

जनकपुरधाम- पछिल्लो समय प्रदेश २ सरकार भ्रष्टाचारमा लिप्त रहेको र कार्यकर्ता पोस्‍नकै लागि विभिन्‍न योजनाहरु सञ्‍चालनमा ल्याएको आरोप पटक-पटक लाग्दै आइरहेको छ। सोही क्रममा प्रदेश २ को कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले किसानहरुको उत्थानको नाममा कार्यकर्ता पोस्दै आएको खुलेको हो।

triton college

कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयले किसानहरुको उत्थानका लागि गरेको ट्याक्टर वितरणको लाभ वास्तविक किसानहरु नभइ जसपाका नेता तथा कार्यकर्ताहरुले उठाएको पाइएको छ।

प्रदेश २ मा रहेका कुल जनसंख्याको ६९ प्रतिशत कृषिमा निर्भर छ। प्रदेश २ कृषिको लागि एकदमै उपयुक्त भए पनि कृषि मन्त्रालयले किसानहरुको उत्थानका लागि बाँडेको अधिकांश ट्याक्टर सत्तारुढ दल जसपाका नेता तथा कार्यकर्ताहरुले पाएको एक आरटीआई सूचनाको आधारमा खुल्न आएको छ।   

मन्त्रालयले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आर्थिक वर्ष २०७५-०७६ मा ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरेको थियो।  सो आर्थिक वर्षमा मन्त्री शैलेन्द्र प्रसाद साहले आफनो जिल्ला सप्तरीमा २० वटा ट्याक्टर आफ्नो आसेपासेलाई वितरण गरेका थिए भने राज्यमन्त्री यागेन्द्र राय यादवले आफनो जिल्ला रौतहटमा १८ वटा र प्रदेशको अन्य जिल्लामा १० वटाको दरले ट्याक्टर वितरण गरेको पाइएको छ।

सो आर्थिक वर्षमा धनुषामा ट्याक्टर पाउनेहरुमा सुजना देवि कोइरी, रामचन्द्र यादव, राम प्रकाश यादव, राधेश्याम गोइत, महेन्द्र चौधरी, ज्ञानकुमार यादव, भोगेन्द्रप्रसाद यादव, राजकुमारी देवि, किसान बहुउदेश्य कृषक समुह, मिथिला कृषि पशुपालन तथा डेरी उद्योग र दिनेश यादव रहेका छन्।

corrent noodles
Metro Mart

ट्याक्टर पाउने राम प्रकाश यादव जसपा नेपाल कमला नगरपालिका १ का वडा अध्यक्ष राजकुमार यादवका बुबा हुन्। उनी जसपाका जिल्ला अध्यक्ष पशुपति यादवका नातेदार समेत हुन्। ज्ञानुकुमार यादव हाल जसपा र तत्कालीन समाजवादी पार्टीबाट धनुषाधाम नगरपालिकाको नगर प्रमुखका प्रत्यासी  थिए।

त्यस्तै रामचन्द्र यादवको सिफारिस तत्कालीन आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवले गरेका थिए। किसान बहुउद्देश्यी कृषक समूह वैद्यनाथ रायको रहेको छ, उनी  जसपाको सबैला नगर अध्यक्ष हुन्।

मन्त्रालयका कर्मचारीहरुका अनुसार अधिकांश योजनाहरुमा पार्टीको कार्यकर्ताहरुको बोलबाला रहँदै आएको छ। नेताकै नातेदारहरुले योजना पाउने गरेका छन् भने अनुदानको सामानहरु लिएर बिक्री गर्ने गरेको पाइएको छ।

अनुदान प्राप्त गर्ने अधिकांश व्यक्ति तत्कालिन समाजवादी पार्टी हालका जसपाका कार्यकर्ताहरु छन्। प्रत्येक वर्ष यस्तो अनुदानहरुको दुरुपयोग हुँदै आएको छ।

सूचना अभियन्ता सरोजकुमार मिश्रले सरकारले दिने गरेको अनुदानमा कुनै पनि किसान लाभान्वित भएको अवस्था नरहेको आरोप लगाए। उनीहरु पार्टी कार्यकर्ता र नातागोतालाई लाभ दिने खालको योजना ल्याउने र वितरण गर्ने गरेका मिश्रको भनाइ छ।

सोलार पम्प पनि कार्यकर्ताले नै पाए

तरकारी खेती गर्ने किसानलाई प्राथमिकतामा राख्दै मन्त्रालयले आर्थिक वर्ष २०७५-०७६ मा प्रदेशका ८ वटै जिल्लामा रहेका किसानलाई २ सय ३२ वटा सोलार पम्प वितरण गरेको थियो। तर मन्त्रालयले सोलार पम्प वितरण गरे पनि त्यसमा सोलार पम्प पाउने अधिकांश व्यक्ति जनता समाजवादी पार्टीका कार्यकर्ता रहेका थिए।

मन्त्रालयले बाँडेको सोलार पम्प कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रीकै गृहजिल्ला सप्तरीमा वितरण गरिएको थियो। सप्तरीमा सबैभन्दा बढी ४८ वटा पम्प वितरण गरिएको थियो भने महोत्तरीमा सबैभन्दा कम ११ वटा मात्र वितरण गरिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै धनुषा ४५, सर्लाही ४४, सिरहामा २६, बारा २३, पर्सा २१ र रौतहट १४ वटा पम्प वितरण गरिएको थियो। १ लाख १ हजार रुपैयाँ पर्ने एउटा सोलार पम्पमा ८५ प्रतिशत रकम सरकारले अनुदान सहयोग र १५ प्रतिशत किसानले स्वयं तिरेका थिए। 

ट्याक्टर लिनेहरुको सूची:





प्रकाशित: Sep 15, 2021| 18:48 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।