शनिबार, वैशाख १५, २०८१

गण्डकीमा काराेना संक्रमितकाे संख्या ६९७ पुग्याे

गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, असार ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार ९, २०७७

पोखरा- गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १ सय ४ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नयाँ संक्रमित थपिएका हुन्।

triton college

नयाँ संक्रमित कास्कीसहित प्रदेशका  ८ जिल्लाका महिला र पुरुष छन्। कास्कीका ७ जना, पर्वतका ६ जना , पर्वतका २१ जना, त्यसैगरी नवलपरासी बर्दघाट सुस्ता पूर्वका २१ जना छन्। 

नयाँ संक्रमितमा स्याङ्जाका १३ जना र तनहुँका एक जना छन्।  संक्रमित सबैलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ। जसमध्ये ६६ जनाले कोरोन जितेर घर फर्किएका छन् भने १ जनाले कोरोनाका कारण ज्यान गुमाउनुपरेको छ।

प्रकाशित: Jun 23, 2020| 21:20 मंगलबार, असार ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।