शुक्रबार, वैशाख १४, २०८१

अतिप्रभावित १० मुलुकमा कोरोना संक्रमित र मृत्यु कति ?

कोरोना भाइरसबाट ८९ लाख २७ हजार भन्दा संक्रमित भएका छन् भने सोमबार बिहानसम्ममा कोरोनाबाट ४ लाख ६७ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ।
 |  सोमबार, असार ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार ८, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ८९ लाख २७ हजारभन्दा बढी संक्रमित भएका छन्।

triton college

जोन हपकिन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्ममा कोरोनाबाट ४ लाख ६७ हजार ६ सय ३६ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा मात्रै १ लाख ३० हजार भन्दा बढी संक्रमित थपिएका छन् भने ३ हजार ३ सय ३८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढी अमेरिका, ब्राजिल, रुस, भारत, बेलायत, पेरु, स्पेन, चिली, इटाली र इरान प्रभावित भएका छन् ।

यी १० वटै मुलुकमा कोरोना संक्रमितको संख्या २ लाखभन्दा माथि छ भने अमेरिकामा करिब २२ लाख ८० हजार संक्रमित भएका छन् । ब्राजिलमा १० लाख ८३ हजार बढीमा संक्रमण पुष्टि भएको छ ।

कोरोनाबाट अति प्रभावित १० देश : कहाँ कति संक्रमित, कतिको मृत्यु ?

corrent noodles
Metro Mart

कोरोनाबाट सबैभन्दा बढी आक्रान्त अमेरिका छ । जहाँ सोमबार बिहानसम्ममा २२ लाख ८० संक्रमित भएका छन् भने १ लाख १९ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ ।

दोस्रो बढी प्रभावित देश ब्राजिल हो । जहाँ १० लाख ८३ हजार ३ सय व्यक्तिमा कोरोना पुष्टि हुँदा ५० हजार ५ सय ९१ जनाको मृत्यु भएको छ ।

तेस्रो प्रभावित देश रुसमा संक्रमितको संख्या ५ लाख ८३ हजार ८ सय नाघेको छ भने मृतकको संख्या ८ हजार १ सय १ पुगेको छ ।

छिमेकी मुलुक भारत कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा छ । जहाँ ४ लाख १० हजार ४ सय बढीमा संक्रमण पुष्टि भएको छ भने १३ हजार २ सय ५४ जनाको मृत्यु भएको छ ।

पाँचौं कोरोना प्रभावित देश वेलायतमा ३ लाख ५ हजार ८ सय संक्रमित हुँदा ४२ हजार ७ सय १७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट आक्रान्त छैटौं देश पेरुमा २ लाख ५२ हजार ८ सयभन्दा बढी संक्रमित भएका छन् भने ७ हजार ८ सय ६१ जनाको मृत्यु भएको छ ।

सातौं प्रभावित देश २ लाख ४६ हजार २ सय जनामा कोरोना देखिँदा २८ हजार ३ सय २३ जनाको मृत्यु भएको छ ।

आठौं प्रभावित देश चिलीमा २ लाख ४२ हजार ३ सय जनामा संक्रमण पुष्टि भएको छ भने ४ हजार ४ सय ७९ जनाको मृत्यु भएको छ ।

नवौं प्रभावित देश २ लाख ३८ हजार ४ सय बढि संक्रमित भएका छन् भने ३४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट अति प्रभावित दशौं मुलुक इरानमा २ लाख ४ हजार ९ सयभन्दा बढी कोरोनाबाट संक्रमित भएका छन् । ९ हजार ६ सय २३ जनाको मृत्यु भएको जोन हपकिन्स विश्वविद्यालयले जनाएको छ ।

प्रकाशित: Jun 22, 2020| 09:03 सोमबार, असार ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।