शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा एउटामात्रै पीसीआर मेसिन, साढे पाँच हजार नमुना नतिजाको पर्खाइमा

सुदूरपश्चिममा एउटामात्रै पीसीआर मेसिन, साढे पाँच हजार नमुना नतिजाको पर्खाइमा

पर्याप्त पीसीआर मेसिन नहुँदा सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका स्वाबको परीक्षण हुन सकेको छैन।
 |  आइतबार, असार ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, असार ७, २०७७

धनगढी– गत जेठ २१ गते कैलालीको गौरीगंगा नगरपालिकास्थित पशुपति माविमा बनाइएको क्वारेन्टिनमा रहेका ५० जनाको कोरोना परीक्षण गर्न स्वाब संकलन गरियो। उक्त परीक्षणको नतिजा गत बुधबार अर्थात् १४ दिनपछि मात्रै आयो।

triton college

त्यसअघिका नमुना थन्किएकाले परीक्षण नतिजा आउन ढिलाइ भएको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले जनाएको छ।

०००

गत जेठ २४ गते सुदूरपश्चिम प्रदेशको स्वास्थ्य निर्देशनालयले पाँच दिन स्वाब संकलन बन्द गर्याे। कारण थियो– प्रयोगशालामा स्वाब थन्किनु।

सुदूरपश्चिमको कैलालीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब थन्किएपछि पाँच दिन नमुना संकलन बन्द गर्नुपरेको गर्नुपरेको निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले जनाए।

corrent noodles
Metro Mart

सुदूरपश्चिममा स्वाब नमुना थन्किएको यी दुई उदाहरणले स्पष्ट पार्छ। पर्याप्त पीसीआर मेसिन नहुँदा सुदूरपश्चिम प्रदेशमा संकलन गरिएका स्वाबको परीक्षण हुन सकेको छैन।

निर्देशनालयका अनुसार त्यहाँ अहिलेसम्म पाँच हजार ४९५ नमुना प्रयोगशालामै थन्किएका छन्।

पीसीआर मेसिन थप गर्न राज्यले चासो नदेखाएको यहाँका स्थानीयको आरोप छ। “यो क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा छ। तर, यहाँ कोरोना भाइरस संक्रमण परीक्षण गर्ने एउटामात्रै पीसीआर मेसिन छ,” कैलालीको धनगढी उपमहानगरपालिका–१३ का दुर्गा जोशीले भने।

निर्देशनालयका प्रमुख डा. अवस्थीले पर्याप्त पीसीआर मेसिन नहुँदा प्रयोगशालामै थन्किएको बताए। “यहाँ कोरोना परीक्षण गर्ने एउटामात्रै उपकरण छ, जहाँ दैनिक २५० जनाको मात्रै परीक्षण हुन्छ,” डा. अवस्थीले भने, “यसबाट प्रदेशभरको पीसीआर परीक्षण गर्न कठिन छ।”

सुदूरपश्चिममा कोरोना संक्रमण परीक्षण गर्ने कैलालीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा मात्रै पीसीआर परीक्षण हुने गरेको छ।

पीसीआर मेसिन थप्न पहल भइरहेको डा. अवस्थीले बताए। “यहाँका विभिन्न निकायले पीसीआर मेसिन थप गर्न पहल गरिरहेका छन्,” उनले भने। मेसिन आवश्यक रहे पनि राज्यले चासो नदेखाएको उनको आरोप छ।

सुदूरपश्चिममा ९४८ संक्रमित

सुदूरपश्चिममा शनिबारसम्म प्रदेशका ९४८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा बढी कैलालीमा २२९ जना संक्रमित छन्।

यस्तै, डडेलधुरामा १७१, बैतडीमा १४०, डोटीमा १३३, कञ्चनपुरमा ९६, अछाममा ७६, बाजुरामा ७०, बझाङमा २१ र दार्चुलामा १२ जना कोरोना संक्रमित फेला परेका छन्।

 

प्रकाशित: Jun 21, 2020| 13:02 आइतबार, असार ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।