शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोभिड प्रतिकार्यका लागि देशभर १ हजार ७७ जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै

कोभिड प्रतिकार्यका लागि देशभर १ हजार ७७ जनस्वास्थ्य निरीक्षक नियुक्त हुँदै

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्ने भएको छ। मन्त्रालयले जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्नका लागि कार्यविधि नै ल्याएको छ।
 |  बुधबार, भदौ ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३०, २०७८

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्ने भएको छ। मन्त्रालयले जनस्वास्थ्य निरीक्षक करारमा नियुक्त गर्नका लागि कार्यविधि नै ल्याएको छ। 

triton college

कार्यविधिअनुसार कोभिड–१९ प्रतिकार्यका लागि देशभरका स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक नियुक्त गर्न लागिएको हो। काठमाडौं महानगरपालिकामा ७, अन्य महानगरपालिकामा ५, उपमहानगरपालिकामा ३, नगरपालिकामा २ र गाँउपालिकामा १ जनाका दरले सबै स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक नियुक्त हुनेछन्। जनस्वास्थ्य निरीक्षकका लागि न्यूनतम योग्यता जनस्वास्थ्य विषयमा कम्तिमा स्नातक गरेको हुनुपर्नेछछ। कार्य अवधि १ वर्ष हुनेछ। 

जनस्वास्थ्य निरीक्षकको तलबसुविधा अधिकृत सातौं तहको बराबर हुनेछ भने ६ महिनाका लागि ५० प्रतिशत थप जोखिम भत्तासमेत उपलब्ध हुनेछ। जसअनुसार तलब ३७ हजार ८७० रुपैयाँ र ५० प्रतिशत जोखिम भत्ता गरी मासिक ५६ हजार ८०५ रुपैयाँ तोकिएको छ।

यसअघि ल्याइएको कार्यविधिमा संशोधन गर्दै सरकारले कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालन सम्बन्धी संक्षिप्त कार्यविधि (पहिलो संशोधन) २०७८ ल्याएको हो। 


प्रकाशित: Sep 15, 2021| 11:52 बुधबार, भदौ ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।