शनिबार, वैशाख १५, २०८१

लकडाउन अवधिमा २,७३८ यात्रु र २९ शव नेपाल भित्रिए

लकडाउनको करिब तीन महिनाको अवधिमा हवाई मार्ग भएर २७ सयभन्दा बढी यात्रु नेपाल भित्रिएका छन्।
 |  शुक्रबार, असार ५, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ५, २०७७

लकडाउनको करिब तीन महिनाको अवधिमा हवाई मार्ग भएर २७ सयभन्दा बढी यात्रु नेपाल भित्रिएका छन्।

triton college

शुक्रबार दिउँसोसम्ममा दुई हजार ३३८ जना यात्रु तथा २९ वटा शव नेपाल भित्रिएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल कार्यालयले जनाएको छ।

यस अवधिमा नेपाल भित्रिने यात्रुहरुमा केही विदेशी नागरिकबाहेक अधिकांश वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा गएका नेपालीहरु हुन्। जसमा १२ जना बालबालिकासमेत छन्।

विमानस्थल कार्यालयका अनुसार शुक्रबारमात्र चार देशबाट ४९४ नेपाली आइपुगेका छन्। त्योसँगै २४ वटा शव पनि भित्रिएका छन्। 

शुक्रबार दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट १४८ जना यात्रु लिएर नेपाल वायु सेवा निगमको विमान काठमाडौं आइपुगेको छ।

corrent noodles
Metro Mart

यस्तै कुवेतबाट १५०, साउदीबाट १५३ र कतारबाट ४३ नेपाली नेपाल भित्रिएका छन्।

विदेशमा अलपत्र नेपालीहरुलाई त्यहाँस्थित नेपाली दुतावासको समन्वयमा स्वदेश ल्याइएको हो।

क–कसको शव आयो ?

विदेशमा कामको सिलसिलामा ज्यान गुमाउने २४ जनाको शव शुक्रबार एकै दिन आइपुगेको छ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार शुक्रबार आइपुगेका शवमध्ये २० वटा शव कतारबाट आएका हुन्।

बाँकी कुवेतबाट दुई तथा युएई र दमामबाट एक–एक जनाको शव आएको हो।

वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीन बन्धु सुवेदीका अनुसार कतारबाट २० वटा शव लिएर कतार एअरवेजको चार्टर्ड जहाज आएको हो।

सुवेदीका अनुसार बर्दिया मोतिपुरका सिकराम थारु, सर्लाहीको ईश्वरपुरका अरुनकुमार पजियार, महोत्तरीका शिवशंकर रावत, धनुषाका छुत्रवा मण्डर खत्वे, मकवानपुरका जितेन्द्र थापामगर, रुपन्देहीका यामबहादुर थापा, सिरहाका कसिन्द्र यादव, सर्लाहीका कसिन्द्र यादव र मनोज पासवान र महोत्तरीका अनिल चौधरीको शव आएको छ।

यस्तै सिरहाका मुस्तक सैश र रुपेशकुमार मण्डल, कपिलवस्तुका मोहम्मद अलाम मुसलमान, लमजुङका कुम्बा तामाङ, बाँकेका भक्तबहादुर थापा मगर, सप्तरीका राजेन्द्रप्रसाद मण्डल, मोरङ्का युवराज अधिकारी, भोजपुरका धर्मकुमार थापा, उदयपुरका मिनबहादुर थापा, सुर्खेतका निरबहादुर कामी र भोजपुरका मंगलबहादुर तामाङको शव आएको सुवेदीले जानकारी दिए।

यस्तै कुवेतबाट नेपाली लिएर आएको जजिरा एअरले नुवाकोटकी सोनी तामाङ र संखुुवासभाका मानबहादुर आलेको शव पनि ल्याएको छ।

यूएईबाट सिन्धुपाल्चोकका पेम्बा नुर्बू शेर्पाको शव नेपाल एअरलाइन्समार्फत आएको छ। साउदीको दमामबाट आएको हिमालय एअरलाइन्सको चार्टर्ड जहाजले पनि एउटा शव ल्याएको छ।

यसअघि कुवेतबाट तीन, ओमान र यूएईबाट एक÷एक जनाको शव ल्याइएको थियो।

बोर्डले शव घरसम्म लगिदिने

विदेशबाट ल्याइएका शवहरु वैदेशिक रोजगार बोर्डले निःशुल्क रुपमा घरसम्म लगिदिने व्यवस्था गरेको छ।

सुवेदीका अनुसार शुक्रबार आएका २४ वटा शव मध्ये सात वटा शव काठमाडौंमै आफन्तलाई जिम्मा दिने तथा बाँकी शव घरसम्मै पुर्याउने व्यवस्था गरिएको छ।

‘लकडाउनले गर्दा जिल्लाबाट शव बुझ्न काठमाडौं आउन सम्भव नभएकाले बोर्डको तर्फबाट शव बाहनका चालकले नै शव बुझेर परिवारले भनेको ठाउँसम्म पुर्याइदिने व्यवस्था गरिएको छ,’ सुवेदीले भने,‘सम्बन्धित ठाउँमा पुगेपछि स्थानीय जनप्रतिनिधि तथा प्रहरीको रोहबरमा चालक शव आफन्तलाई बुझाएर फर्किन्छन्।’

बोर्डका अनुसार लकडाउनले गर्दा विदेशमा रहेका सबै २८३ वटा शव समयमै नेपाल ल्याउन सकिएको छैन। जसमध्ये साउदीमा मृत्यु भएका मध्ये मुस्लिम समुदायका करिव एक सय शव उतै जलाउने सहमति बोर्डलाई प्राप्त भएको सुवेदीले जानकारी दिए।

बाँकी शव ल्याउने प्रयास भैरहेको उनले बताए। वैदेशिक रोजगारीमा गएका कोरोनाबाट मृत्यु हुनेको संख्या १९ रहेको बोर्डले जनाएको छ। कोरोनाका कारणले मृत्यु हुनेको शव भने सम्बन्धित देशमै व्यवस्थापन गरिन्छ।

प्रकाशित: Jun 19, 2020| 14:21 शुक्रबार, असार ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।