शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं महानगरपालिकामा ‘मेड इन काठमाडौं’ र ‘समृद्धिका लागि सहकारी’ अभियान

काठमाडौं महानगरपालिकामा ‘मेड इन काठमाडौं’ र ‘समृद्धिका लागि सहकारी’ अभियान

काठमाडौं महानगरपालिकाले ‘मेड इन काठमाडौं’ र ‘समृद्धिका लागि सहकारी अभियान’ सञ्चालन गर्ने भएको छ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

काठमाडौं- काठमाडौं महानगरपालिकाले ‘मेड इन काठमाडौं’ र ‘समृद्धिका लागि सहकारी अभियान’ सञ्चालन गर्ने भएको छ।

triton college

महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्ताे अभियान घाेषणा गरेका हुन्।नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सकेसम्म महानगरबासीले यहीं उत्पादित सामग्री प्रयोग गर्नुपर्ने उल्लेख छ। 

नीति तथा कार्यक्रममा महानगर क्षेत्र भित्रका विभिन्न स्थानमा नेपाली वस्तुहरुको बजार, कोसेलीघर वा यस्तै प्रकृतिका अन्य बजार विस्तार गर्ने, मरुटोलमा रहेको सिंहसत्तललाई गैरसरकारी संस्थासँगको सहकार्यमा निर्यात प्रवद्र्धन केन्द्रका रुपमा विकास गर्ने, युवाहरुको नवीन सोच तथा प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राखी काठमाडौं हब स्थापना गरिने लगायत समेटिएका छन्।

नीति तथा कार्यक्रममा उल्लेख छ, ‘स्टार्टअपका माध्यमबाट उद्यमी बन्न चाहने युवालाई उत्पादन डिजाइन, प्रविधि, बजार, वित्त व्यवस्था, कानुनको परामर्श एकै स्थानमा उपलब्ध गराइनेछ।’

महानगरपालिकाले समृद्धिका लागि सहकारी अभियान सञ्चालन गर्ने भएको छ। अभियान सफल पार्न साना तथा मझौला व्यवसायमा संलग्न व्यक्ति वा समूहलाई सहकारीमा आबद्ध गराई आत्मनिर्भर बनाउने नीति लिइएको छ।

corrent noodles
Metro Mart

अनौपचारिक क्षेत्रमा काम गर्ने मानिसलाई सहकारीमा आबद्ध गराउन विशेष कार्यक्रम ल्याइने छ भने उपभोक्ता, श्रमिक, उत्पादनमूलक सहकारी संस्थाको प्रवद्र्धनमा जोड दिइने नीति तथा कार्यक्रममा छ।

महानगरपालिकाले अप्ठ्यारोमा परेका करदातालाई काठमाडौं महानगरपालिकाले सहुलियत दिने भएको छ। कोरोनाका कारण व्यापार व्यवसायी समस्यामा परेकालाई छुट दिन लागिएको नीति तथा कार्यक्रममा उल्लेख छ।

करमैत्री प्रशासन बनाउने, महानगरभित्रका करदाताको तथ्यांक अद्यावधिक गर्ने, कर तथा गैरकर राजस्व अनुगमन नियमित गर्न विशेष टोली परिचालन गरिने शाक्यले बताए।

महानगरपालिकाले आन्तरिक स्रोतसाधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास गर्ने भएको छ। नीति तथा कार्यक्रममा उल्लेख छ, सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाइनेछ।’

प्रकाशित: Jun 18, 2020| 16:26 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।