शुक्रबार, वैशाख १४, २०८१

रोकिएन देवदहमा नदीजन्य पदार्थको चोरी निकासी

देवदह क्षेत्रका नदीबाट नदीजन्य पदार्थको चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले ट्याक्टर र एक जेसिवी नियन्त्रणमा लिएको छ ।
 |  बिहीबार, असार ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असार ४, २०७७

देवदह क्षेत्रका नदीबाट नदीजन्य पदार्थको चोरी निकासी गर्दै गरेको अवस्थामा प्रहरीले ट्याक्टर र एक जेसिवी नियन्त्रणमा लिएको छ ।

triton college

देवदह प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक दीपक महतका अनुसार प्रहरीले ७ वटा ट्याक्टर र एक जेसिवी नियन्त्रणमा लिएको हो ।

प्रहरीले खोलाबाट लु १ क ३३०० नम्बरको जेसिबीलाई नियन्त्रणमा लिएको छ । यसैगरी लु ४ त ४३३४, लु ४ त ४२८७, लु ४ त ५६१६, लु ४ त ९४९, लु ३ त ४४३०, लु ३ त ४६३६ र ना ६ त ३२८६ नम्बर ट्याक्टर पनि नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका मध्ये तीनवटा ट्याक्टर बालुवा खन्याएर भाग्दै गरेको अवस्थामा र चारवटा मिस्कट सहित पक्राउ परेका हुन् ।

अवैध रुपमा भलुही खोलाबाट नदीजन्य पदार्थको उत्खनन र ओसारपसार गर्दै गरेको अवस्थामा प्रहरीले सवारीसाधन नियन्त्रणमा लिएको भए पनि अवैध कारोबारमा संलग्नहरुले स्थानीय महिलाहरुलाई प्रयोग गरी प्रहरीविरुद्ध नाराबाजी गराएका थिए । स्थानीय महिलाहरुले अवरोध गरेपछि केही समय भलुही चोकमा तनाव समेत भएको थियो ।

नगरका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले भने सो विषयमा आफूलाई अहिलेसम्म जानकारी नआएको बताएका छन्।

corrent noodles
Metro Mart

यसअघि पनि रुपन्देहीको क्षेत्र नम्बर १ अन्तर्गत पर्ने देबदह क्षेत्रमा ढुंगा, गिट्टी, बालुवाको अवैध उत्खनन भएको विषयमा समाचार सार्वजनिक हुँदै आएको थियो। प्रहरीले यसअघि पनि एउटा जेसिबी नियन्त्रणमा लिएको थियो । तर राजनीतिक दबाबको कारण प्रहरीले सामान्य अनुसन्धान गरेर छाडेको थियो ।

देवदहको घोडाहा, रोहिणि, कजरारजस्ता ३ मुख्य नदीजन्य श्रोत भएको खोलामा विगतका बर्षमा ठेक्का लगाएर नगरपालिकाले लाखौं राजस्व आम्दानी गर्ने गर्दथ्यो । तर यो बर्ष ठेक्का लगाउन सकेको छैन ।

प्रकाशित: Jun 18, 2020| 16:17 बिहीबार, असार ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।