भारत आन्ध्र प्रदेशको विजयवाडास्थित एक होटलमा आगलागी हुँदा ७ जनाको मृत्यु भएको छ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएकाहरुलाई राख्न आइसोलेसनका लागि एउटा निजी अस्पतालले प्रयोग गरिरहेको स्वर्ण प्यालेस नामक होटलमा आगलागी भएको हो।
आगलागी हुँदा होटलमा ५० जना रहेको बताइएको छ। आगोबाट बच्न ४ जना भवनबाट हाम फालेका थिए।
उनीहरु अहिलेसम्म सम्पर्कमा आएका छैनन्। आन्ध्र प्रदेशका गृहमन्त्री मेकाथोटी सुचरितालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार विद्युत् सर्ट भएर आगो लागेको हो।