शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नै कारणले पतनतर्फ : डा. सुरेन्द्र लाभ [अन्तर्वार्ता]

महन्थ ठाकुर र राजेन्द्र महतो आफ्नै कारणले पतनतर्फ : डा. सुरेन्द्र लाभ [अन्तर्वार्ता]

नेपाली राजनीतिज्ञमध्ये महन्थजीको गुण विश्वासिलो, शालीन र त्यागी व्यक्तित्वका रूपमा थियो। अहिले उहाँका ती सबै गुण आफ्नै कारणले धूलिसात भएका छन्। निष्ठाको राजनीति गर्दै आएका व्यक्ति प्रतिगामी कदम चाल्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीका पक्षमा किन लागेका होलान् भन्ने चासो धेरैमा छ।
 |  शुक्रबार, साउन १५, २०७८

बीपी अनमोल

बीपी अनमोल

शुक्रबार, साउन १५, २०७८

२०७७ वैशाख ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि राजपा र संघीय समाजवादी पार्टीमा हलचल ल्यायो। दुई पार्टीले रातारात निर्णय गरेर वैशाख ११ गते एकता गरे। असार २४ मा निर्वाचन आयोगमा दर्ता भएको जसपा वैकल्पिक शक्तिका रुपमा रहेको थियो। तर दल दर्ता भएको एक वर्षमै जसपा फुटेको छ। पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षले पाएको छ भने महन्थ ठाकुरले अर्को दल दर्ता गर्नुपर्ने स्थिति देखिएको छ। पछिल्लो घटनाक्रमले मधेस केन्द्रित राजनीतिमा पारेको प्रभाव र आगामी अवस्थाबारे राजनीतिक विश्लेषक डा.सुरेन्द्र लाभसँग गरिएको कुराकानीको सम्पादित अंश :

triton college

जनता समाजवादी पार्टी (जसपा) मा देखिएको पछिल्लो स्थितिलाई कसरी लिनुभएको छ?

जसपा विभाजनले गर्दा मधेसमा एक किसिमको तरंग उत्पन्न भएको छ। आमजनतामा अबको राजनीति कता जान्छ भन्ने चासो छ। तत्कालीन राजपा र समाजवादी पार्टीबीच सैद्धान्तिक छलफल बिना रातारात अँध्यारो कोठामा सहमति गरियो। अहिले त्यसको असर देखिएको हो। जसपाले वैकल्पिक शक्तिका रुपमा ठाउँ लिन्छ कि भन्ने आशा पहाड, मधेस, जनजाति लगायत सबै क्षेत्रमा पलाएको थियो। विभाजनले गर्दा त्यो आशामाथि तुषारापात भएको छ। 

महन्थ ठाकुर र राजेन्द्र महतोको राजनीतिमा पछिल्लो घटनाले कस्तो असर पार्ला?

पछिल्लो घटनाक्रमले महन्थजी र राजेन्द्रजीको राजनीतिक भविष्य अन्योलमा परेको देखिन्छ। नेपाली राजनीतिज्ञमध्ये महन्थजीको गुण विश्वासिलो, शालीन र त्यागी व्यक्तित्वका रूपमा थियो। अहिले उहाँका ती सबै गुण आफ्नै कारणले धूलिसात भएका छन्। निष्ठाको राजनीति गर्दै आएका व्यक्ति प्रतिगामी कदम चाल्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीका पक्षमा किन लागेका होलान् भन्ने चासो धेरैमा छ। उहाँले सुरुमा हामी मधेसको मुद्दाका लागि लडिरहेका छौं, सत्ताका लागि होइन भनेर जुन अडान लिनुभएको थियो, त्यसले राम्रै प्रभाव पारेको थियो। जनतले पनि त्यसलाई स्वाभाविक रूपमा लिएका थिए। ओलीले चालेका गलत कदममा साथ दिन थालेपछि कुरा बिग्रिएको हो। 

corrent noodles
Metro Mart

ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन गर्दा महन्थ र राजेन्द्र दुवैले विरोध गरेका थिए। दोस्रो पटकको विघटनमा समर्थन दिएर चोख्याउने काम भयो। ओलीको हरेक कदम राम्रो भन्ने धारणा राखेपछि त्यसबाट मधेसमा उहाँ (महन्थ) कै समर्थकबीचमा दुविधा देखिएको थियो। दुवै नेताको राजनीतिक भविष्य आफ्नै कारणले पतनतर्फ उन्मुख हुँदैछ।

नेपाली समाजमा नेताप्रति कार्यकर्ताको धेरै विश्वास हुने गरेको छ। हाम्रा नेताले गलत गर्दैनन् भन्ने सोचाइ छ। राजपाका ६ सदस्यीय अध्यक्ष मण्डलका दुई नेता त उपेन्द्रजीतर्फ गए। चारजना अर्कातर्फ छन्। कार्यकर्ता पनि बिस्तारै उपेन्द्र पक्षमा गइरहेका छन्। 

अब आधिकारिक जसपातिर नै धेरै नेताकार्यकर्ता लाग्छन् हैन? 

घटनाक्रमले त्यस्तै देखाएको छ। नेताकार्यकर्ता र जनप्रतिनिधिमा आधिकारिक पार्टीमा नलाग्ने हो भने आफ्नो पद नै जाने जोखिम छ। कारबाहीमा पर्नुभन्दा आधिकारिक पार्टीतिर बस्नु स्वाभाविकै हो। कतिपय नेताकार्यकर्ता जेसुकै भए पनि नयाँ शिराबाट पार्टी दर्ता गरेर अघि बढ्नुपर्छ भन्नेमा पनि होलान्। त्यसो गर्दा महन्थजीहरुलाई साथ दिँदै आएका नेताहरु उहाँसँगै रहन पनि सक्छन्। यस बीचमा निर्वाचन आयोगमा राजपा र तमलोपा भन्ने दल दर्ताका लागि निवेदन परेको छ। यी दुई विषयले पनि केही चलखेल हुन खोजेको हो कि भन्ने हो। 

महन्थजीहरु चुनावमा जाँदा पनि चुनौती त सामना गर्नुपर्ला नि? 

अन्ततोगत्वा चुनावमा सहभागी हुनैपर्छ। चुनावमा जाँदा जनतालाई के जवाफ दिने भन्ने अप्ठ्यारो महन्थजीलाई छ। कसरी आफूलाई प्रमाणित गर्ने भन्ने चुनौती पनि छ। उपेन्द्रजीहरु पहिलेदेखि नै फुट्न चाहिरहनुभएको थियो भन्ने जवाफले मात्रै जनतालाई पुग्दैन। उहाँले त ओलीलाई किन साथ दिनुभयो भन्ने जवाफ पनि जनतालाई दिनुपर्ने हुन्छ। प्रतिगमनकारी कदमलाई एकचोटि विरोध गर्ने र अर्कोपटक समर्थन गर्ने के बाध्यता आइपर्यो भन्ने लगायतका थुप्रै प्रश्नको जवाफ त दिनुपर्ला नि। 
महन्थ ठाकुर र राजेन्द्र महतोबीच हिजो राजपा हुँदा पनि त्यति राम्रो सम्बन्ध थिएन। अहिले एउटा पार्टी गठन गर्नुहुन्छ भने पनि त्यो पार्टी कति दिनसम्म टिक्ला? दुवैजनाको विचार फरक छ। त्यसैले त्यो पार्टी पनि टिकाउ हुन्छ कि हुँदैन अन्योल छ। यस्ता थुप्रै चुनौती छन्। 

नयाँ पार्टी गठन भइहाले भने त्यसलाई संगठित गरेर लैजान पनि कठिन त होला नि? 
उहाँहरुबीच फुट नआएको भए राम्रो अवसर थियो। एमालेभित्रको विवादको फाइदा नेपाली कांग्रेस र जसपाले लिने अवस्था थियो।  नेपाली कांग्रेसमा जतिसुकै विवाद र गुटबन्दी भए पनि विभाजन छैन। तर जसपा फुट्यो। उपेन्द्रजीको पार्टी जति ठूलो भए पनि त्यसले कुनै फाइदा लिन सक्दैन। महन्थीजीले पार्टी गठन गरे पनि चोइटिएको सानो पार्टी हुन्छ। कालान्तरमा गएर अलि सशक्त पार्टी बन्न पनि सक्ला।  मधेसमा अन्य पार्टीको संगठन भने यथावत् छ। तर, महन्थ पक्षले नयाँ संगठन बनाउँदा जनताले विश्वास गर्ने आधार पनि छैन। तलसम्म संगठन बनाएर लैजान कठिन हुन्छ। 

उपेन्द्र पक्षको भविष्यचाहिँ कस्तो देख्नुभएको छ?

जसपा छिन्नभिन्न भएपछि अब वैकल्पिक शक्ति रहेन। त्यसैले उपेन्द्रजीलाई पनि चुनौती छँदै छ। जसपा अब सरकारमा जानेछ। सरकारमा राम्रो भूमिका खेल्यो भने ठिकै छ। तर, सत्तामा गएपछि जसपाले जनताको सहानुभूति लिने काम गर्न सक्दैन। नेपाली राजनीतिमा सत्तामा पुग्ने दलले राम्रो भूमिका खेल्न नसक्ने प्रवृत्तिको सिकारमा उपेन्द्र पक्ष पनि पर्नेछ। सत्तामा हुँदा झन् जोखिम हुन्छ नि। मेरो काम गरेन, मलाई चिन्दैचिनेन भन्नेहरुको ठूलो जमात हुन्छ। 

अहिले बनेको सत्ता गठबन्धनको भविष्यचाहिँ कस्तो देख्नुभएको छ?

पाँच पार्टी मिलेर गठबन्धन बनेको छ। सबैभन्दा पहिले राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिर जान्छ। धेरै समयसम्म गठबन्धनमा रहन्छ भन्ने मलाई लाग्दैन। एमसीसीलगायतका विवादित विषयमा जनमोर्चाले सहमति जनाउन कठिन छ। एमालेमा एकताको प्रयास जारी छ। माधव नेपाल समूहले अर्को पार्टी गठन गरेको छैन। नयाँ पार्टी गठन भएमा एक किसिमले अघि बढ्ला। भएन भने त एमाले एक ढिक्का भएर जान्छ। त्यसपछि गठबन्धनमा तीनवटा पार्टी मात्रै रहन्छन्। आगामी निर्वाचनसम्मको अवस्थामा नेपाली कांग्रेसले गठबन्धनलाई कायमै राखेर जाला भन्ने लाग्दैन। गठबन्धनमा रहने भनेका प्रचण्डजी र उपेन्द्रजीकै पार्टी हुन्। अहिलेको सबै राजनीतिक उथलपुथलको फाइदा नेपाली कांग्रेसले लिने दाउमा छ। त्यसैले चुनावमा ऊ एक्लै लड्ने अवस्था देखिएको छ। 

प्रकाशित: Jul 30, 2021| 12:00 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...