शनिबार, वैशाख १५, २०८१

झनै फैलियो कोरोना, एकै दिनमा १ लाख ४२ हजार संक्रमित

पछिल्लो दुई सातामा हरेक दिन १ लाख २० हजारभन्दा बढि संक्रमित भेटिदै आएकोमा मंगलबार एकै दिनमा १ लाख ४२ हजार ५ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ ।
 |  बुधबार, असार ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार ३, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर झनै तिब्र बनेको छ ।

triton college

पछिल्लो दुई सातामा हरेक दिन १ लाख २० हजारभन्दा बढि संक्रमित भेटिदै आएकोमा मंगलबार एकै दिनमा १ लाख ४२ हजार ५ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्म उच्च संक्रमणदर हो ।

यसअघि जेठ ३० गते १ लाख ४२ हजार १ सय १३ जना संक्रमित थपिएका थिए भने जेठ २९ गते १ लाख ३७ हजार ९ सय ८, जेठ २८ गते १ लाख ३५ हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा ३७ हजार २ सय ७८ जना संक्रमित भेटिएका छन् । अमेरिकामा २५ हजार ४ सय ५०, भारतमा ११ हजार १ सय ३५, रुसमा ८ हजार २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा चीलिमा ५ हजार १३, पाकिस्तानमा ४ हजार ४ सय ४३, साउदी अरबमा ४ हजार २ सय ६७, पेरुमा ४ हजार १ सय ६४, बंगलादेशमा ३ हजार ८ सय ६२, मेक्सिकोमा ३ हजार ४ सय २७, इरानमा २ हजार ५ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् ।

corrent noodles
Metro Mart

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ । जसमध्ये भारतमा २ हजार ६, ब्राजिलमा १ हजार ३ सय ३८, अमेरिकामा ८ सय ४९, मेक्सिकोमा ४ सय ३९, बेलायतमा २ सय ३३, पेरुमा १ सय ९६ र रुसमा १ सय ९३ जना रहेका छन् ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ८१ लाख ५५ हजारभन्दा बढि व्यक्ति संक्रमित भएका छन् भने ४ लाख ४१ हजार ५ सय ५ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 17, 2020| 08:49 बुधबार, असार ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।