शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • काेरिया जान नपाउँदा भाषा पास गरेर बसेका युवा अन्योलमा

काेरिया जान नपाउँदा भाषा पास गरेर बसेका युवा अन्योलमा

भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा पास भइसकेर कोरिया जाने आसमा रहँदा अन्यत्र लाग्न नपाएको उनीहरुको भनाइ छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- कोरियन भाषा परीक्षा उत्तीर्णलगायतका प्रक्रिया पूरा गरेर पनि वैदेशिक रोजगारीका लागि कोरिया जान नपाएका युवा अन्योलमा परेका छन्। भाषा परीक्षा र स्वास्थ्य परीक्षणमा पास भइसकेर कोरिया जाने आसमा रहँदा अन्यत्र लाग्न नपाएको उनीहरुको भनाइ छ।

triton college

सन् २०१७ र सन् २०१८ को भाषा परीक्षामा पास भएका युवा कोरिया जान बाँकी छन्। तर सरकारले सन् २०१९ मा भाषा परीक्षा पास भएका युवालाई कोरिया पठाउन थालेपछि अघिल्लोपल्ट पास भएकाहरु झन् अन्योलमा परेका छन्।

पहिला पास भएकालाई प्राथमिकता दिनुपर्ने माग उनीहरुको छ।

पीडित केशव नेपालका अनुसार सन् २०१७ को भाषा परीक्षामा कृषितर्फ पास भएका करिब एक हजार नेपाली युवा कोरिया जान पाएका छैनन्।

यस्तै सन् २०१८ को भाषा परीक्षामा पास भई उत्पादनमूलक क्षेत्रका ५००, सीबीटीतर्फका १५ सयभन्दा बढी युवा काेरिया जाने प्रतीक्षामा छन्।

corrent noodles
Metro Mart

सरकारले भने सन् २०१९ को भाषा परीक्षा पास भएकालाई धमाधम पठाइरहेको छ।

कोरियन भाषा परीक्षा पास गरी कोरिया जान तयारी अवस्थामा रहेका हजाराैं नेपालीको भविष्य अन्धकारमा परेको बताउँदै नेपालले भने, ‘भाषा परीक्षाको समयावधि २ वर्षको मात्र हुन्छ। सन् २०१७ मा भाषा पास गरेका युवाको समयावधि सकिन लागिसक्यो। सरकारले यसबारे सोच्नुपर्छ।’

उनले माग आउँदा पहिला पास भएकालाई प्राथमिकतामा राखेर कोरिया पठाउनुपर्ने बताए।

उनले भने, ‘कोरिया जानका लागि भाषा परीक्षा पास गरियो। स्वास्थ्य परीक्षण पनि पूरा भयो। कोरिया जाने आसमा बस्दा अन्यत्र लागिएन। हाम्रो भविष्य अन्धकार भइरहेको छ, समस्या कसले बुझ्ने?‘

वैदेशिक रोजगारी विभागको ईपीएस शाखाका प्रमुख कृष्णप्रसाद खनालले कोरियन भाषा परीक्षामा पास भएकाको नामावली आफूहरुले रोस्टरमा राखिदिने तर श्रमिकहरु कोरियाकै कम्पनीले छनोट गर्ने भएकाले कसलाई कहिले पठाउने भन्नेबारे नेपालको हात नहुने स्पष्ट पारे।

उनले भने, ‘कोरिया भाषा पास भएका युवा जान नपाउँदा हामीलाई पनि दुःख लागेको छ। तर कसलाई पहिला पठाउने भन्नेमा हाम्रो हात हुँदैन। उतैबाट छान्ने भएकोले हामीले केही गर्न मिल्दैन।’

उनले हाल कोभिड १९ को संक्रमणको कारण देखाउँदै नेपालले ईपीएस कोरियालाई भाषा पास भएका नेपाली युवाका हकमा ६ महिना अवधि थप्न आग्रह गरिरहेको जानकारी दिए। उनले भने, ‘समय थप्नका लागि परराष्ट्र मन्त्रालयमार्फत कोरियन सरकारलाई पत्र पठाएका छौं। तर उताबाट जवाफ आएको छैन।’

प्रकाशित: Jun 15, 2020| 19:25 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्