सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली सरकारले एम्बुलेन्सबाहेक सवारीसाधन नकिन्ने, ६० प्रतिशत फजुल खर्च घटाउने

कर्णाली सरकारले एम्बुलेन्सबाहेक सवारीसाधन नकिन्ने, ६० प्रतिशत फजुल खर्च घटाउने

कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा एम्बुलेन्सबाहेकका सवारीसाधन खरिद नगर्ने भएको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

कर्णाली प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा एम्बुलेन्सबाहेकका सवारीसाधन खरिद नगर्ने भएको छ।

triton college

प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कोरोना भाइरसबाट सिर्जित जटिल परिस्थितिको सामना गर्न एम्बुलेन्स बाहेकका कुनै पनि सवारीसाधन खरिद नगर्ने घोषणा गरेका हुन्।

त्यस्तै प्रदेशका मन्त्री, राजनीतिक पदाधिकारी तथा कर्मचारीको अतिथि सत्कार, सञ्चार, बैठक भत्ता, खाजा खर्च र जोखिम भत्ता पूर्ण रुपमा खारेज गरिएको छ।

आर्थिक मितव्ययिता अपनाउन कार्यालय सञ्चालन, मर्मत, इन्धन, विविध खर्च, भ्रमण खर्च, फर्निचरलगायत खर्चमा करिब ६० प्रतिशत कटौती गरिने मन्त्री ज्वालाले बताए।

प्रकाशित: Jun 15, 2020| 13:55 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।