शनिबार, वैशाख १५, २०८१

कोरोना कालमा खेल : क्रिकेटदेखि फुटबलसम्म नयाँ नियम

अब सबै खेलमा खेलाडीले मिलेर जितको उत्सव मनाउन पाउने छैनन्। किनभने उनीहरुलाई सामाजिक दूरीको मापदण्ड पूरा गर्न भनिएको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

कोरोना भाइरसले खेलको नियम बदलदिएको छ। क्रिकेट होस् वा फुटबल, अब सबै खेलमा खेलाडीले मिलेर जितको उत्सव मनाउन पाउने छैनन्।

triton college

किनभने उनीहरुलाई सामाजिक दूरीको मापदण्ड पूरा गर्न भनिएको छ। अहिलेलाई खेलहरु बन्द रंगशालामै हुनेछन्।

मार्च १३ मा अन्तिम खेल

कोरोना भाइरसको महामारी ३१ डिसेम्बर २०१९ मा चीनको वुहानबाट सुरु भयो र क्रमशः विश्वभर नै फैलिन पुग्यो। अन्य क्षेत्रजस्तै खेलकुद पनि कोरोनाबाट पीडित बन्यो। तय भएका सयौं म्याच रोकिए।

१३ मार्चमा सिड्नीमा अष्ट्रेलिया र न्युजिल्यान्डबीच अन्तिम इन्टरनेसनल खेल भएको थियो। त्यस्तै युरोपको चर्चित फुटबल ला लिगाको अन्तिम खेल ११ मार्चमा खेलिएको थियो। ला लिगा ११ल जुनबाट फेरि सुरु भएको छ।

corrent noodles
Metro Mart

विम्बल्डन रद्द र यूएस–फ्रेन्च ओपन अनिश्चित

कोरोना भाइरसका कारण टेनिसमा सबैभन्दा ठूलो ग्राण्डस्लाम विम्बल्डन रद्द गरिएको छ। दोस्रो विश्वयुद्धपछि विम्बल्डन पहिलोपटक रद्द भएको हो। २४ अगस्टमा हुने तय भएको यूएस ओपन टेनिस र २० सेप्टेम्बरमा हुने फ्रेन्च ओपनमा पनि कालो बादल लागेको छ।

अमेरिकी टेनिस एसोसिएसन (यूएसटीए) मा प्रोफेसनल टेनिसका सीईओ स्ट्रेसी एलेस्टर खेल हुने दाबी गर्छन्। भन्छन्, ‘यूएस ओपनको लागि यूरोप, दक्षिण अमेरिका र पश्चिम एसियाबाट खेलाडीको चार्टर्ड प्लेन न्युयोर्क ल्याइने छ।’

यूएस ओपन आयोजना गरिएमा यस्ता नियम लागू हुनेछन्:

– लाइन जज गर्ने मानिसले आपसमा वाकी–टकीबाट मात्र कुराकानी गर्नेछन्।

– खेलको सामानसहित तौलियासमेत खेलाडी आफैंले ल्याउनेछन्।

– आयोजकले खेलाडीलाई फिजियोथेरापिस्ट र मालिस गर्नेको प्रस्ताव आफैं गर्न अनुरोध गर्नेछ।

– बललाई प्रत्येक पटक स्यानिटइज गरिने छ।

– बल ब्वाइका लागि नाबालिग राख्न पाइने छैन।

– खेलाडीले अभ्यासपछि सिधै होटेल जानु पर्नेछ।

क्रिकेटका नयाँ नियम

महामारीपछि इन्टरनेसनल क्रिकेटको सुरुवात जुलाई ८ बाट हुनेवाला छ। अब सुरु हुँदा प्रतियोगितामा यस्ता नियम देख्न पाइने छ।

– इन्टरनेशनल क्रिकेट काउन्सिल (आईसीसी) ले बल चम्काउन थुकको प्रयोग बन्द गरिदिएको छ। प्रत्येक टिमलाई एक पारिमा २ पटक चेतावनी दिइने छ। तेस्रो पटक पनि थुक प्रयोग गरेमा पेनाल्टीस्वरुप ब्याटिङ गर्ने टिमको खातामा ५ रन जोडिने छ।

– सबै क्रिकेट बोर्डले कोरोनाका कारण आर्थिक नोक्सान बेहोरेका छन्। यसको भरपाइका लागि टेस्टमा खेलाडीको जर्सी र स्वेटरको अगाडि हिस्सामा ३२ इन्चको लोगो (विज्ञापन) लगाउने मञ्जुरी दिइएको छ। पहिले वानडे र टी–२० मा मात्र खेलाडीको जर्सीमा यस्तो गर्ने अुनमति थियो।

– टेस्टमा कुनै खेलाडी कोरोना पोजेटिभ पाइएमा उसको सब्स्टिच्युट राख्न पाइने छ। नियमका अनुसार ब्याट्सम्यानको ठाउँमा ब्याट्सम्यान नै टिममा आउने छन्। तर बलरको हकमा यस्तो नियम लागू हुने छैन। संक्रमित खेलाडीको ठाउँमा को आउँछ, यसको फैसला म्याच रेफ्रीले गर्ने छन्।

– अब दुई देशबीच हुने सिरिजमा दुवै फिल्ड अम्पायर र म्याच रेफ्री घरेलु नै हुनेछन्। पहिले घरेलु सिरिजमा न्युट्रल अम्पायर राख्ने चलन थियो।

भर्चुअल दर्शकका साथ खेल सुरु

बुन्डेसलिगा, ला लिगा, कोपा इटालिया बन्द रंगशालामा सुरु भइसकेका छन्। बुन्डेसलिगा १६ मेबाट सुरु भएको थियो भने ला लिगा ११ जुनबाट सुरु भयो।

त्यस्तै प्रिमियर लिग १७ जुन र सिरी ए २० जुनबाट सुरु हुँदै छ। तर एक महिनाअघि सुरु भएको रसियाको लिग युरोपको यस्तो लिग थियो, जुन दर्शकका साथ सुरु भयो।

डिसेम्बरसम्म लागू हुने फुटबलका अस्थायी नियम

– एक खेलाडीमा कोराना संक्रमण देखिएमा पूरै टिम आइसोलेसनमा जानुपर्ने

– प्रत्येक खेलमा ३० वटासम्म बल प्रयोग गरिने

– रंगशालामा जोडिएको बिलबोर्डमा कोरोनासँग जोडिएको गाइडलाइन देखाइने

– ५ जनासम्म खेलाडी बदल्न पाइने

– सामाजिक दूरीका कारण खलाडीलाई धेरै वटा बस प्रयोग गरीट एक ठाउँबाट अर्को ठाउँमा लगिने

– बल स्यानिटाइज गरेर मात्र खेलिने

– मैदानमा थुक्ने खेलाडीलाई एल्लो कार्ड देखाइने

युरोपमा सुरु भएका फुटबलमा पनि खेलाडीले गोल गरेपछि सबै मिलेर गोल उत्सव मनाउनुको सट्टा हातको कुइनो मात्र जोडेर सेलिब्रेट गरेका छन्।

त्यस्तै डेनमार्क डेनिस सुपर लिगमा खेलाडीलाई दर्शकको अनुभव गराउन टिभी स्क्रिन राखिएका छन्। जसमा भिडियो कलको सहायताले घरमा बसेका दर्शक देख्न सकिन्छ। साथै त्यहाँ राखिएको स्पिकरमा समर्थकको आवाज पनि सुनिन्छ।

यता स्पेनको ला लिगा ११ जुनबाट सुरु भयो। खेलको ब्रोडकास्टरले दर्शकको उपस्थिति देखाउनका लागि प्रविधिको प्रयोग गरेका छन्। भर्चुअल दर्शक राखिएको छ। उनीहरु होम टिमको जर्सीमा सजिएका छन् र हात हल्लाइरहे जस्तो देखिन्छ। गोल भएको समयमा दर्शकको रेकर्ड गरेको ठूलो स्वरमा सुनाइन्छ।

ब्याडमिन्टनका बाँकी प्रतियोगिता २०२१ मा

ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बीडब्लूएफ)ले कोरोना भाइरसका कारण स्थगित र रद्द गरिएका प्रतियोगिता सन् २०२१ को पहिलो १७ हप्तामा गरिने बताएको छ। टोकियो ओलम्पिकको कोटाका लागि यो सबै प्रतियोगितामा प्वाइन्टका आधारमा मानिने छ। तर प्रतियोगितामा अहिले कुनै गाइडलाइन जारी गरिएको छैन।

(एजेन्सीहरुको सहयोगमा)

प्रकाशित: Jun 15, 2020| 14:05 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।