शुक्रबार, वैशाख १४, २०८१

आज सातै प्रदेशका सरकारले यस्तो ल्याउँदैछन् बजेट

कृषि, रोजागारीसहितका उत्पादनमुलक क्षेत्रलाई जोड दिदैं स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा प्राथमिकतामा राखेका आज सातै प्रदेशले बजेट ल्याउँदै छन् ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

काठमाडौं- सातै प्रदेशका सरकारहरुले आज आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याउँदै छन् ।

triton college

विनियोजन गरेको बजेट लगातार २ आर्थिक वर्षमा पूर्ण क्षमताका साथ खर्च गर्न नसेकेका प्रदेश सरकारहरुले आज तेस्रो पटक पूर्ण बजेट सार्वजनिक गर्न लागेका हुन् ।

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ ।

यसपटकको बजेट चालू वर्षमा विनियोजन गरिएको बजेटको अंक १० प्रतिशत बढीले घटाउँने तयारी गरेका छन् । प्रदेश सरकारलाई सबैतर्फका स्रोत खुम्चेको अवस्थामा प्रदेश सरकारलाई बजेट घटाउनुपर्ने बाध्यता आएको हो ।

सबै प्रदेशका सरकारले यसपटक कृषि, रोजागारीसहितका उत्पादनमुलक क्षेत्रलाई जोड दिएर बजेट ल्याउने भएका छन् । स्वास्थ्य क्षेत्रलाई पनि उनीहरुले प्राथमिकतामा राखेका छन् ।

corrent noodles
Metro Mart

बागमती प्रदेशले चालू वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँ बजेट वृद्धि गरेर ल्याउने तयारी गरेपनि प्रदेश १, २, कर्णाली प्रदेश बजेट घटाएका छन् ।

त्यस्तै अन्य प्रदेशले चालू वर्षकै हाराहारीमा बजेट ल्याउने तयारीमा रहेका छन् । गण्डकी प्रदेशको पनि चालू वर्षको तुलनामा केही वृद्धि गरिने तयारी गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा प्रदेश सरकारलाई दिने अनुदान साढे ९ अर्ब रुपैयाँ घटाएका छन् ।

चालू वर्ष विनियोजन गरिएको यस्तो बजेट १ खर्ब १ अर्ब ५४ करोड रुपैयाँ रहेकामा आगामी आर्थिक वर्षमा भने ९१ अर्ब ५४ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ ।

प्रकाशित: Jun 15, 2020| 10:04 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्