सोमबार, वैशाख २४, २०८१

ला लिगामा रियलको सहज जित

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि दावेदार रियल मड्रिडले आइवरमाथि ३–१ को सहज जित निकालेको छ।
 |  सोमबार, असार १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असार १, २०७७

एजेन्सी– ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि दावेदार रियल मड्रिडले आइवरमाथि ३–१ को सहज जित निकालेको छ।

triton college

आइवरको घरेलु अल्फ्रेडो डि स्टेफानो रंगशालाम भएको खेलमा टोनी क्रुश, कप्तान सर्जियो रामोस र मार्सेलो भेरिराले गोल गरे।

खेलको चौथो मिनेटमै गोल गर्दै क्रुसले मड्रिडलाई सुरुवाती अग्रता दिलाए। त्यस्तै ३० औं मिनेटमा रामोसले र ३७ औं मिनेटमा मार्सेलोले गोल गरेपछि पाहुना टिम ३ गोलको अग्रतामा थियो।

पहिलो हाफमा तीन गोलले अग्रता बनाएको मड्रिडले दोस्रो हाफमा भने गोल गर्न सकेन। घरेलु टिमका पेद्रो विगासले भने ६० औं मिनेटमा सान्त्वना गोल फर्काए।

जितसँगै मड्रिडले बार्सिलोनासँग अंकदुरी घटाएको छ। शीर्षस्थानको बार्सिलोनासँग ६१ अंक रहँदा दोस्रो स्थानमा मड्रिडको ५९ अंक छ।

corrent noodles
Metro Mart

यता आइबर भने २७ अंकका साथ १६ औं स्थानमा छ।

एथ्लेटिक क्लब र एट्लेटिको मड्रिडको बराबरी

ला लिगाकै गएराति सम्पन्न खर्को खेलमा एथ्लेटिक क्लब र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन्। एथ्लेटिक क्लबको सान मामेस रंगशालामा सम्पन्न खेलमा उनीहरुले १–१ गोलको बराबरी खेलेका हुन्।

घरेलु टिमका केर मुनिआनले ३७ औं मिनेटमै गोल गरेर क्लबलाई अग्रता दिलाए तर त्यसको दुई मिनेट नबित्दै एट्लेटिकोका डियागो कोस्टाले खेललाई बराबरीमा ल्याए। यसका साथै पहिलो माफमै खेल १–१ गोलको बराबरीमा थियो। सोहि नतिजाका साथ दोस्रौ हाफ पनि सकिएको हो।

बराबरीका साथै दुवै क्लबले अंक बाँडका छन्। एट्लेटिको ४६ अंकका साथ अर्को वर्षको युरोपा लिगका लागि संघर्षरत छ। त्यस्तै एथ्लेटिक क्लब ३८ अंकका साथ १० औं स्थानमा छ।

गएराति नै सम्पन्न अर्को खेलमा रियल सोसिडाडले ओसासुनासँ १–१ गोलको बराबरी खेलेको छ।

आज रातिका खेलः

१. लेभान्टो र सेभिया, राति सवा ११ बजे

२. रियल बेटिस र ग्रानाडा, राति पौने २ बजे

 

प्रकाशित: Jun 15, 2020| 07:15 सोमबार, असार १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।