शनिबार, वैशाख १५, २०८१

मृतकसँगै डायलासिस गराएका व्यक्तिमा कोरोना संक्रमण

धनगढीमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएकी महिलासँगै डायलासिस गराएका एक पुरुषमा पनि संक्रमण भेटिएको छ।
 |  आइतबार, जेठ ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ३२, २०७७

काठमाडौं- धनगढीमा मृत्युपछि कोरोना भाइरस संक्रमण पुष्टि भएकी महिलासँगै डायलासिस गराएका एक पुरुषमा पनि संक्रमण भेटिएको छ।
धनगढी उप–महानगरपालिका ३ का ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

triton college

शनिबार कैलालीका ११ जनामा कोरोना पुष्टि भएको थियो। धनगढी उपमहानगरपालिका ४ महिमा टोलकी ५५ वर्षीय महिलाको डायलासिस गराउने क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो।

ती महिलासँगै सेती अस्पतालमा डायलासिस गराएका पुरुषमा कोरोना पुष्टि भएको उपमहानगरपालिका ३ का वडाध्यक्ष बलबहादुर ऐरले जानकारी दिए।

घरमै रहेका उनलाई अत्याधिक ज्वरो आएपछि स्वाब संकलन गरिएको थियो। डायलासिस वार्डका व्यवस्थापक दीपक भट्टले मृतक महिलासँगै डायलासिस गराएका १२ जनाको स्वाब संकलन गरिएको जानकारी दिए। त्यसमध्ये चार जनाको रिपोर्ट आएकोमा एकजनामा संक्रमण पुष्टि भएको छ।

बस चालकमा पनि कोरोना संक्रमण

corrent noodles
Metro Mart

कोरोना संक्रमण पुष्टि भएका कैलालीको गोदावरी नगरपालिका ७ का ४७ वर्षीय पुरुष कञ्चनपुरको गड्डाचौकीबाट यात्रुलाई क्वारेन्टिन पुगाउने बस चालक रहेको खुलेको छ।

उनी धनगढीस्थित नवजीवन अस्पतालको आइसोलेसनमा उपचाररत छन्।

अस्पतालका निर्देशक डा. विदुरमणि ढकालले संक्रमित पुरुष बसका चालक र आफैं मालिक रहेको खुलेको बताए।

उनी भारतबाट आएका नेपालीलाई गड्डाचौकीबाट क्वारेन्टिनसम्म पुर्याउन संलग्न थिए।

डाक्टर ढकालले बिरामीमा निमोनिया देखिएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएकोमा कोरोना पुष्टिपछि सेती अस्पताल पठाइएको बताए।

संक्रमितको आईसीयूमा राखेर उपचार भइरहेको सेती प्रादेशिक अस्पतालले जनाएको छ।

प्रकाशित: Jun 14, 2020| 12:05 आइतबार, जेठ ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।