शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • विदेशमा अलपत्र नेपाली ल्याउने उडान तालिका र भाडादर सार्वजनिक

विदेशमा अलपत्र नेपाली ल्याउने उडान तालिका र भाडादर सार्वजनिक

कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली ल्याउन विमानको उडान तालिका र भाडादर सार्वजनिक गरिएको छ।
 |  बिहीबार, जेठ २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २९, २०७७

काठमाडौं- कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपाली ल्याउन विमानको उडान तालिका र भाडादर सार्वजनिक गरिएको छ।

triton college

सरकारले विभिन्न देशमा रहेर नेपाल आउनैपर्ने बाध्यतामा रहेका नेपालीलाई विमान चार्टर गरेर ल्याउन लागेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारको निर्णयअनुरुप सरोकारवालासँग बुधबार छलफल गरी नेपाल एयरलाइन्सलाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान दिने तालिका मन्त्रालयले तय गरेको छ।

नेपाल एयरलाइन्सका दुई वाइडबडी र दुई न्यारोबडी गरी चार जहाजले उडान गर्नेछन् भने नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी लगानीको हिमालय एयरलाइन्ससँग चार न्यारोबडी जहाज छन्।

दुवै एयरलाइन्सले पूर्ण क्षमताका साथ विदेशबाट नेपाली बोक्नेछन्। नेपाल एयरलाइन्सको मात्रै चार जहाजले दैनिक एक हजार ६०० यात्रु ल्याउन सक्ने क्षमता छ।हिमालयले करिब एक हजार यात्रु ल्याउन सक्छ।

corrent noodles
Metro Mart

चार्टर उडानका लागि दूरीअनुसार डलरमा भाडा निर्धारण गरिएको छ। मन्त्रालयका अनुसार विदेशी एयरलाइन्सले पनि उक्त भाडादरअनुसार नेपालीको उद्धार गर्नुपर्नेछ।

सबैभन्दा सस्ताे ढाकाबाट काठमाडाैं काे भाडादर १६५ अमेरिकी डलर छ भने सबैभन्दा महँगाे लन्डनबाट काठमाडाैंकाे भाडा १३४० डलर ताेकिएकाे छ। चार्टर गर्नुपर्ने भएकाले भाडादर बढी भएको सहसचिव लामिछानेले बताए।

नेपाल फर्कने मिति र स्थान 

जेठ ३२ गते : ढाका  

असार १ गते : मलेसिया, साउदी अरब, कम्बोडिया र ओमन 

२ गते : यूएई, कतार, कुवेत र श्रीलंका 

३ गते : अस्ट्रेलिया, बैंकक, बहराइन, बंगलादेश, कतार र अमेरिका

४ गते : साउदी अरब, यूएई, मलेसिया र ओमन 

५ गते : जापान, कुवेत, साउदी अरब र नाइजेरिया 

६ गते : साइप्रस, मलेसिया, कतार, युएई, ढाका  

७ गते : दक्षिण कोरिया, ओमन, कुवेत, मलेसिया (दुई–दुई उडान)

८ गते : अस्ट्रेलिया, बैंकक, पाकिस्तान र कतार

९ गते : जापान, माल्दिभ्स, यूएई र युगान्डा (दुई–दुई उडान) 

१० गते : साउदी अरब र कुवेत (दुई–दुई उडान) 

११ गते : अमेरिका र साइप्रस 

कहाँबाट कति भाडा ? (अमेरिकी डलरमा)

ढाका :  १६५

लन्डन : १३४० 

साउदी अरब : ५९०

रियाद : ६३०

जेद्हा : ७७०

जोर्डन : ८१५

साइप्रस : ८७५

नारिता : ९३५

सुडान : ९४० 

फ्रयांकफर्ट : १२५५

नयाँदिल्ली : २०५

मुम्बई : ३१०

बैंगलोर : ३३५

बैंकक : ३९०

कम्बोडिया : ४००

दुबई : ५००

आवुधाबी : ५००

ओमन : ५१०

मलेसिया : ५२०

दोहा : ५४५

हङकङ : ५५० 

प्रकाशित: Jun 11, 2020| 15:10 बिहीबार, जेठ २९, २०७७
प्रतिक्रिया दिनुहोस्