शुक्रबार, वैशाख १४, २०८१

कोरोनाबाट २४ घण्टामा कहाँ के भयो ?

कोरोना भाइरसबाट मंगलबार बिहानसम्ममा ७० लाख ८५ हजार ८ सय ९४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६ हजार ३ सय ५७ जना संक्रमित थपिएका छन् ।
 |  मंगलबार, जेठ २७, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २७, २०७७

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ७० लाख ८५ हजार ८ सय ९४ जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टा अर्थात सोमबार मात्रै १ लाख ६ हजार ३ सय ५७ जना संक्रमित थपिएका छन् ।

triton college

जोन हपकिन्स विश्वविद्यालयका अनुसार २ सय १३ देशमा फैलिएको कोरोनाबाट अहिलेसम्म ४ लाख ५ हजार १ सय ६८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्रै ३ हजार १ सय ४७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा पछिल्लो २४ घण्टामा १८ हजार ६ सय ५६ जना संक्रमित थपिएका छन् भने ५ सय ८१ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १९ लाख ५६ हजार ५ सय २७ पुगेको छ भने मृतकको संख्या १ लाख १० हजार ९ सय ३२ पुगेको छ ।

दोस्रो बढि प्रभावित ब्राजिलमा सोमबार मात्रै १८ हजार ९ सय २५ जनामा संक्रमण पुष्टि भएको छ भने ८ सय १३ जनाको मृत्यु भएको छ । ब्राजिलमा अहिलेसम्म ६ लाख ९१ हजार ७ सय ५८ जना संक्रमित भएका छन् भने ३६ हजार ४ सय ५५ जनाको मृत्यु भएको छ।

corrent noodles
Metro Mart

रुसमा पछिल्लो २४ घण्टामा ८ हजार ९ सय ८५ जनामा संक्रमण देखिदा १ सय १२ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म ४ लाख ७६ हजार ४३ जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार ९ सय ६३ जनाको मृत्यु भएको छ ।

बेलायतमा सोमबार मात्रै १ हजार २ सय ५ जना संक्रमित थपिएका छन् भने ५५ जनाको मृत्यु भएको छ। बेलायतमा अहिलेसम्म २ लाख ८८ हजार ८ सय ३४ जना संक्रमित भएका छन् भने ४० हजार ६ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ८ हजार ४ सय ४२ जनामा संक्रमण पुष्टि हुँदा २ सय ६६ जनाको मृत्यु भएको छ । यहाँ अहिलेसम्म २ लाख ६५ हजार ९ सय २८ जना संक्रमित भएका छन् भने ७ हजार ४ सय ७३ जनाको मृत्यु भएको छ।

यस्तै स्पेनमा सोमबार १ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ भने एक जनाको पनि मृत्यु भएको छैन् । स्पेनमा संक्रमितको संख्या २ लाख ४१ हजार ७ सय १७ पुगेको छ भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा २ सय ८० संक्रमित थपिएका छन् भने ६५ जनाको मृत्यु भएको छ । इटालीमा संक्रमितको संख्या २ लाख ३५ हजार २ सय ७८ पुगेको छ भने मृतकको संख्या ३३ हजार ९ सय ६८ पुुगेको छ ।

नेपालमा भने पछिल्लो २४ घण्टामा ३ सय १४ जना नयाँ संक्रमित थपिएका छन् भने एक जनाको कोरोनाबाट मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोरोनाबाट ३ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको छ भने १४ जनाको मृत्यु भएको छ ।

प्रकाशित: Jun 09, 2020| 06:29 मंगलबार, जेठ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।