शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • धनुषामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

धनुषामा जिप दुर्घटना हुँदा चालकको मृत्यु, पाँच जना घाइते

धनुषाको सपहीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
 |  शुक्रबार, साउन १५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १५, २०७८

धनुषा- धनुषाको सपहीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

triton college

लोहारपट्टी नगरपालिकाको निर्माणाधीन पुलको खाल्डोमा बिहान ५ बजे जिप खस्दा चालकको मृत्यु भएको हो।

ढल्केबरबाट जनकपुरतर्फ तीव्र गतिमा आउँदै गरेको जिप डाइभर्सनबाट नगई अनियन्त्रित भएर पुलको खाल्डोमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा महोत्तरीको भंगहा नगरपालिका–९ का ४५ वर्षीय चालक दीपक यादवको मृत्यु भएको हो।  इलाका प्रहरी कार्यालय सखुवा, महेन्द्रनगरका अनुसार दुर्घटनामा चालककै परिवारका चार जना र अन्य एक जना गरी पाँच जना घाइते भएका छन्। घाइते पाँचजनाको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ।

प्रकाशित: Jul 30, 2021| 08:40 शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।