शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • धनुषाका सीडीओ भन्छन्– नतिजामा ढिलाइ हुँदा क्वारेन्टिन व्यवस्थापनमा समस्या

धनुषाका सीडीओ भन्छन्– नतिजामा ढिलाइ हुँदा क्वारेन्टिन व्यवस्थापनमा समस्या

जनकपुरधाम– प्रदेश २ को धनुषा जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिमको रुपमा हेरिएको छ । भारतसँगको खुला सीमा तथा भारतसहित तेस्रो मुलुकमा बेरोजगारीमा जानेको संख्या यहाँबाट बढी रहेकोले धनुषालाई संक्रमणको उच्च जोखिममा हेरिएको हो ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

जनकपुरधाम– प्रदेश २ को धनुषा जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिमको रुपमा हेरिएको छ । भारतसँगको खुला सीमा तथा भारतसहित तेस्रो मुलुकमा बेरोजगारीमा जानेको संख्या यहाँबाट बढी रहेकोले धनुषालाई संक्रमणको उच्च जोखिममा हेरिएको हो ।

triton college

पछिल्लो पटक केही दिनको लागि नाका खुला भएपछि भारतबाट धनुषामा ६ हजारभन्दा बढी नेपाली नागरिक भित्रिएका छन् । अहिले धनुषाको सबै नाका बन्द गरिए पनि सिरहा, महोत्तरी, सर्लाहीलगायतका जिल्ला हुँदै भारतको विभिन्न स्थानबाट मानिसहरु फर्किरहेका छन् । भारतबाट आएकाहरुलाई क्वारेन्टिनमा राखेर कोरोना परीक्षणपछिमात्र घर फर्काउनुपर्ने भनिएको छ ।

तर, भारतबाट आउने नेपालीहरुको संख्या एक्कासी बढेपछि धनुषामा क्वारेन्टिनको व्यवस्थापन चुनौती बन्दै गएको छ । भारतबाट आउनेहरुको संख्याबारे पूर्वआकलन गर्न नसक्दा अहिले क्वारेन्टिन व्यवस्थापन चुनौती बनेको हो । सीमति बेड क्षमता रहेको क्वारेन्टिनहरु भरिभराउ भएपछि सरकारले तोकेको मापदण्डसमेत पालना हुनसकेको छैन ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला लामो समयसम्म मानिसहरु क्वारेन्टिनमा थन्किएपछि व्यवस्थापन गर्न चुनौती देखिएको बताउँछन् । क्वारेन्टिन व्यवस्थापन गर्न स्वाब परीक्षणको दायरा बढाउनुका साथै नतिजालाई तिव्रता दिनुपर्ने उनको भनाइ छ ।

‘स्वाब संकलन भइसक्दा पनि नतिजा नआउँदासम्म बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘चाँडै नतिजा आइदिए संक्रमण नभएकालाई घर पठाउन सकिन्छ भने पोजेटिभ देखिएकालाई उपचारको लागि आइसोलेसनमा । तर, स्वाब संकलनका साथै नतिजा आउन ढिलाइ भएपछि एक महिनासम्मपनि क्वारेन्टिनमा बस्नु परेको छ ।’ पहिलेदेखि रहेका मानिसहरु लामो समयसम्म बस्नु परेकोले क्वारेन्टिनको समस्या देखिएको उनले बताए ।

corrent noodles
Metro Mart

भारतबाट आउनेहरुको संख्या बढ्दै गएपछि अहिले धनुषाको प्रत्येक वडामा क्वारेन्टिन स्थापना गर्ने नीति लिइएको छ । स्थानीय तह एक्लैले सञ्चालन गरेको क्वारेन्टिन धान्न नसक्ने पाइएपछि हरेक पालिकाको वडाले क्वारेन्टिन सञ्चालन गरेर बाहिरबाट आएका आफ्नो वडाका मानिसहरुले राख्नुपर्ने भनिएको छ ।

भारतबाट आउनेहरुको संख्या बढ्न थालेपछि धनुषामा क्वारेन्टिन थपिएको छ । एक साता अघिसम्म २८ वटा क्वारेन्टिन रहेकोमा अहिले ७ वटा थपेर ३८ बनाइएको छ । क्वारेन्टिन संख्या थपिएपनि बेडभन्दा बढी मानिस त्यहाँ बसिरहेका छन् ।

धनुषाको विभिन्न पालिकाको ३८ वटा क्वारेन्टिनहरुमा बेड क्षमता १ हजार ७१४ रहेकोमा अहिले २ हजार १३२ जना बसिरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।यसैगरी होमक्वारेन्टिनमा तीन सयजनालाई राखिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

सम्बन्धित निकायले पूर्वतयारी नगर्दा अहिले क्वारेन्टिनको समस्या देखिएको युवा अभियन्ता सुशील कर्ण बताउँछन् । प्रदेश सरकार र स्थानीय तहले समयमा ध्यान नपुर्याउँदा बाहिरबाट आएकाहरु कष्ट गरेर क्वारेन्टिनमा बस्नु परेको उनको भनाइ छ ।

सरकारको मातहतमा रहेको वृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अधिनस्ध यात्री निवासलाई क्वारेन्टिन बनाउन सकिए धेरै हदसम्म समस्या समाधान हुनसक्ने कर्ण बताउँछन् ।

‘वृहत्तर अधिनस्ध यात्री निवासको सुविधासम्पन्न भवन छ, क्षेत्रफलपनि ठूलो छ,’ उनले भने, ‘तर, यात्री निवासलाई क्वारेन्टिन बनाइएको छैन । त्यसलाई क्वारेन्टिन बनाउँदै सयभन्दा बढी मानिस त्यहाँ व्यवस्थापन गर्न सकिन्छ ।’

 

प्रकाशित: May 31, 2020| 15:33 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।