शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बढ्दो छ काेराेना संक्रमणको गति, सावधानी अपनाउन चिकित्सककाे सुझाव

बढ्दो छ काेराेना संक्रमणको गति, सावधानी अपनाउन चिकित्सककाे सुझाव

विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ संक्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

काठमाडाैं- विश्वव्यापी महामारीको रुप लिएको नोभेल कोरोना भाइरस कोभिड–१९ संक्रमणको गति मुलुकमा क्रमशः बढ्दै गएको छ। संक्रमण दर बढेसँग जोखिमको चुनौती पनि उत्तिकै छ।

triton college

कुल एक हजार ४०१ संक्रमितमध्ये पछिल्लो एक सातामा मात्रै ८०४ जनामा रोग देखियो। जेठ १४ पछि चार दिनमा दैनिक सय भन्दामाथि संक्रमित भेटिए। उक्त चार दिनमा मात्रै ६२९ संक्रमित फेला परे। शुक्रबार १७० जनामा देखिएको कोभिड–१९ बढेर आज सबैभन्दा बढी १८९ जनामा देखियो।

माघदेखि सुरु भएको संक्रमण चैतमा फाट्टफुट्ट थियो। वैशाख अन्तिमबाट बढ्न थालेको संक्रमण जेठ दोस्रो सातापछि ह्वात्तै देखियो। पछिल्लो जेठ १२ पछि भने संक्रमणको गति झन् बढ्दो छ। यही जेठ १६ गते शुक्रबार पाँच महिलासहित १७० जनामा कोभिड–१९ पुष्टि भएको थियो।

जेठ १५ गते १५६ जनामा संक्रमण देखिएको थियो। जेठ १४ गते ११४ फेला परे। जेठ १३ मा ८४, १२ गते ७२, ११ गते १९ तथा १० गते ३२ जना संक्रमित भेटिएका थिए।

मन्त्रालयले दिएको विवरणअनुसार आजसम्म कोभिड–१९ का कारण छ जनाले ज्यान गुमाएका छन्। अन्य मुलुकभन्दा नेपालमा मृत्युदर न्यून छ। मृतकको नजिक रहेका व्यक्तिको कन्ट्र्याक्ट ट्रेसिङको काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।

corrent noodles
Metro Mart

चीनको उहानबाट आएका एक नेपालीमा माघ ९ मा कोभिड– १९ पुष्टि भएको थियो। चीनबाट आएपछि उनी पुस १६ मा चिकित्सकको सम्पर्कमा गएकामा पुस २८ गते भर्ना भएका थिए। माघ ९ गते उक्त भाइरस रहेको पुष्टि गरिएको थियो। पुष्टि गर्न विश्वस्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा परीक्षण गराउनुपरेको थियो।

तर अहिले नेपालका २० भन्दा बढी स्थानबाट यसको परीक्षण हुँदै आएको छ।

त्यसपछि फागुनमा नदेखिएको संक्रमण चैतमा मात्रै फेला परेको थियो। फ्रान्सबाट कतारको दोहो हुँदै नेपाल आएकी युवतीमा चैत १० मा दोस्रो कोभिड–१९ पुष्टि भएको थियो। युवती चैत ४ गते नेपाल आएकी थिइन्। चैत १२ गते तेस्रो व्यक्तिमा देखिएको संक्रमण अहिले दैनिकरुपमा बढ्दो छ।

पहिलोपटक चीनको उहानमा सन् २०१९ को डिसेम्बर ३१ मा कोभिड–१९ मानिसमा लागेको पुष्टि भएको थियो। त्यसपछि युरोप हुँदै अमेरिकामा फैलिएको रोग भारतपछि भने नेपालमा बढ्दो छ।

संक्रमणको जोखिम बढेपछि मुलुकमा चैत १० बाट हवाई उडान बन्द गरिए पनि भारतीय खुला सीमाका कारण संक्रमित व्यक्ति सहजरुपमा नेपाल भित्रिँदा कोभिड–१९ संक्रमण फैलिनमा सहयोग गरेको विज्ञहरु बताउँछन्।

सरकारले परीक्षणको दायरा फराकिलो बनाएकाले पनि संक्रमणदरको संख्या बढोत्तरी देखिएको प्रवक्ता डा. देवकोटा बताउँछन्। तर विगतमा भन्दा बिस्तारै संक्रमण फैलिनेक्रम भने बढ्दो गतिमा छ।

२१–३० वर्ष उमेर समूहका बढी संक्रमित

मन्त्रालयद्वारा सार्वजनिक शुक्रबारसम्मको अभिलेखअनुसार मुलुकका ४७ जिल्लामा संक्रमण देखिएको छ। सबैभन्दा बढी २१–३० वर्ष उमेर समूहमा ४४९ व्यक्ति संक्रमणबाट प्रभावित छन्।

यस्तै ११–२० वर्ष उमेर समूहका २५४ तथा ३१–४० वर्ष उमेर समूहका २८७ जना संक्रमित भएका पाइएको छ। दश वर्ष उमेरभन्दा कमका ३७ जना तथा ७१ वर्षमाथिका छ जना बिरामी भेटिएका छन्।

असी वर्षमाथिको भने एक जना छन्। बिरामीको अस्पताल बसाइ औसत १८ दिन रहेको छ। सरकार अझै परीक्षणको दायरा बढाउँदै संक्रमण रोक्न एकत्रित भएर लागेको छ।

बन्दाबन्दी बढाउनुपर्ने आवश्यकता

संक्रमणको जोखिम बढेपछि सरकारले चैत १० गते नै अन्तरराष्ट्रिय उडान बन्द गरेको थियो भने चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दीको आदेश जारी गरिएको थियो।

बन्दाबन्दी यही वैशाख २० सम्म जारी छ। अझै बन्दाबन्दी लम्ब्याउनुपर्ने आवश्यकता रहेको चिकित्सकको राय छ। बन्दाबन्दीको मोडालिटीमा परिवर्तन गर्ने विषय अहिले बहसमा उठेको छ।

सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउने भनिसकेको छ। त्यसैले पनि अझै सावधानी अपनाउने, क्वारेन्टिन र आइसोलेसनको उचित व्यवस्थापनमा ध्यान जरुरी छ।

सर्वसाधारणले पनि आफैँ सावधानी अपनाउनुपर्छ। पछिल्लो समयमा पत्रकार, सुरक्षाकर्मीदेखि स्वास्थ्यकर्मी र जनप्रतिनिधिमा समेत कोरोना संक्रमण पुष्टि हुँदै आएको छ। त्यसैले अझै सरकारले सक्रियता बढाउने र सर्बसाधारणले थप सावधानी अपनाउन जरुरी रहेको नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. अनिल कार्की बताउँछन्।

सुरक्षाको अग्रपङ्क्तिमा रहेका २० प्रहरीसहित सशस्त्र प्रहरी र नेपाली सेनाका जवानमा समेत कोभिड–१९ पुष्टि भएको छ।

नेपाल प्रहरीका प्रवक्ता नीरजबहादुर शाहीले अग्रपङ्क्तिमा खटिने भएकाले मापदण्डअनुसार उच्च सुरक्षाका साथ प्रहरी परिचालन गरिएको बताए।

विश्व र नेपालको विवरण

विश्वभर अहिलेसम्म २१६ मुलुकमा कोभिड–१९ देखिएको छ। कुल ६० लाख ४८ हजार बढी संक्रमित भेटिएका छन्। तीन लाख ६७ हजार २२८ जनाको मृत्यु भइसकेको छ। दुई लाख ६८ हजार निको भएर घर फर्किएका छन्।

नेपालमा हालसम्म पीसीआर ६६ हजार ७२९ जनाको र एक लाख सात हजार ५५ जनाको आरडीटीबाट परीक्षण गरिएको छ। पछिल्लो २४ घण्टामा चार हजार बढीको परीक्षण भएको मन्त्रालयले जनाएको छ।

आज मात्रै नयाँ संक्रमित १८९ जना छन्। हालसम्म कूल एक हजार ४०१ पुगेकामा २१९ जना निको भएर घर फर्किएका छन्। –रासस

प्रकाशित: May 30, 2020| 17:55 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।