शुक्रबार, वैशाख १४, २०८१

नेकपा सचिवालयले एमसीसीबारे निर्णय गर्न सकेन

संसदमा विचाराधीन एमसीसी परियोजनाबारे निर्णय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक निर्णय नगरी सकिएको छ।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

संसदमा विचाराधीन एमसीसी परियोजनाबारे निर्णय गर्न बसेको सत्तारुढ दल नेकपाको सचिवालय बैठक निर्णय नगरी सकिएको छ।

triton college

प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा एमसीसीबारे लामै छलफल भए पनि निर्णय भने भएन।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले एमसीसीको बारेमा सचिवालयमा व्यापक छलफल गरी पछि निर्णय गरिने बताएका छन्।

संसदमा दर्ता भएको तर पारित नभइसकेको उक्त परियोजना आगामी आवको बजेटमा समावेश भएको भन्दै नेकपाभित्र असन्तुष्टि बढेको छ।

आजको सचिवालय बैठकमा अर्थमन्त्री युवराज खतिवडा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी थिए।

corrent noodles
Metro Mart

एमसीसीबारे अध्ययन गर्न यसअघि नेकपाले सचिवालय सदस्य झलनाथ खनालको संयोजकत्वमा स्थायी कमिटी सदस्यहरू रावल र ज्ञवाली सम्मिलित कार्यदल पनि बनाएको थियो।

गत माघमा गठित उक्त कार्यदलले यथास्थितिमा एमसिसी पारित गर्न नहुने सुझाव दिएको थियो। सरकारले संसदको यो अधिवेशनमा एमसिसी पारित गर्ने तयारी गरेको छ।

अपडेट

एमसीसी परियोजना संसदमा विचाराधीन रहेकोले अनुमोदन नहुँदासम्म त्यसअन्तर्गतका कामहरू रोक्ने सचिवालय बैठकले निर्णय गरेको नेकपा प्रवक्ता एवम् सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

‘संसदबाट सम्झौता अनुमोदन नभईसकेको अवस्थामा एमसीसीका कामहरु सम्झौता अनुमोदन भएपछि मात्रै गर्न सकिनेछ, ती कामलाई सम्झौता अनुमोदन भएपछि नै गर्ने सहमति बैठकमा भएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘त्योसँग जोडिएका अन्य कामहरु सम्झौता अनुमोदन नहुँदासम्म रोक्ने समझदारी भएको छ ।’

प्रकाशित: May 30, 2020| 13:02 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।