अमेरिकाले चीनलाई कोरोनाको भ्याक्सिन बनाउन जुटिरहेका कम्पनीको सूचना चोर्ने ह्याकरलाई सहयोग गरेको आरोप लगाएको छ।
दुई चिनियाँ नागरिकले कोरोना भ्याक्सिनको अनुसन्धान गरिरहेका अमेरिकी कम्पनीको जासुसी गरेको र त्यसमा चीन सरकारको पनि सहयोग गरेको आरोप अमेरिकी अधिकारीहरुले लगाएका छन्।
अमेरिकाका अनुसार यी ह्याकरले अस्ट्रेलिया, बेल्जियम, जर्मनी, जापान, नेदरल्याण्ड, स्पेन, स्वीडेज र बेलायतका विभिन्न कम्पनीलाई निशाना बनाएका छन्, जसले कोरोना भ्याक्सिनबारे अनुसन्धान गरिरहेका छन्।
पछिल्लो साता बेलायत, क्यानडा र रुसले पनि यस्तै आरोप चीनमाथि लगाएका थिए।