शनिबार, वैशाख १५, २०८१

फौजी किराको प्रकोपले मकै बालीमा क्षति

गुल्मीका किसानले रोपेको मकैमा फौजी र गबारो किराको प्रकोपले क्षति पुर्याएको छ। गोड्ने समयमा बोटमा विभिन्न रोग र देखिनाका साथै गबारो कीराको प्रकोप देखिएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

गुल्मीका किसानले रोपेको मकैमा फौजी र गबारो किराको प्रकोपले क्षति पुर्याएको छ। गोड्ने समयमा बोटमा विभिन्न रोग र देखिनाका साथै गबारो कीराको प्रकोप देखिएको छ।

triton college

मकैको गुबोमा फौजी किराले आक्रमण गरेर नोक्सान पुुर्याएको किसानले बताएका छन्। गुल्मीको धुर्कोट गाउँपालिका ५ वस्तु गान्टारीका ७० वर्षीय डिलाराम भण्डारी १० रोपनी खेतमा लगाएको मकै विभिन्न किरा र रोगले क्षति पुर्याएपछि चिन्तित छन्।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट अन्नपूर्ण बिउ उत्पादन समूहमार्फत ५० प्रतिशत अनुदानमा ‘देउती सेतो’ जातको मकै लगाएका उनी अहिले मकैबालीमा किराको प्रकोपले नष्ट बनाएपछि निराश छन्।

धुर्कोटका अर्का किसान ५८ वर्षीय मणिराम भण्डारीले पाँच रोपनी खेतमा मकै छरेका छन्। कुनै रोग किरा नलागेको भए यस वर्ष १५ मुरी अर्थात् १२ क्विन्टलभन्दा बढी मकै उत्पादन हुन्थ्यो।

अहिलेको अवस्था कायम रहे त्यसको २५ प्रतिशत अर्थात् झण्डै चार मुरी मात्र उत्पादन हुनेछ। “कुनै विषादी नपाए ७५ प्रतिशत नोक्सानी बेहोर्ने अवस्था आइपरेको छ”, उनले भने, “गाउँपालिकाले वडावडामा प्राविधिक खटाएर समस्या समाधान गरिदिए राम्रो हुने थियो।”
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट धुर्कोट ५ वस्तुस्थित अन्नपूर्ण बिउ उत्पादन सहकारीमार्फत गान्टारीमा सात क्विन्टल मकैको बिउ लगाइएको छ।

corrent noodles
Metro Mart

कुल एक हजार रोपनीभन्दा बढी जग्गामा फरकफरक जातको बिउ लगाइएको छ। मकैको बोटमा सुरुमै उपचार गर्ने व्यवस्था भएको भए यस वर्ष दुई हजार चार सय क्विन्टल मकै उत्पादन हुने अनुमान गरिएको सहकारीका अध्यक्ष लालमणि शर्माले बताए।

जिल्लाका धुर्कोट, अर्खले, सिमीचौर, इस्मा, मालिकालगायत क्षेत्रमा सो रोगले बढी सताएको छ। बन्दाबन्दी भएकाले किसानलाई झन् समस्या परेको छ।

“लकडाउनले बिषादी लिन जान पाइएको छैन”, कृषक कृष्णप्रसाद भण्डारीले भने, “न हिँड्न दिन्छन्, न प्राविधिक आउँछन्।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत समिर मगरले गंँबारो र अमेरिकी फौजी किराले अधिकांश ठाउँमा असर गरेको बताए। -रासस

प्रकाशित: May 26, 2020| 18:10 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।