शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • नेपाल समय बिहानी समाचार : समस्या सुल्झाउने प्रयासमा सभामुख, देउवालाई खबरदारी गर्न पौडेलको भेला

नेपाल समय बिहानी समाचार : समस्या सुल्झाउने प्रयासमा सभामुख, देउवालाई खबरदारी गर्न पौडेलको भेला

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलिय बैठक बस्दैछ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा आज सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलिय बैठक बस्दैछ। 

triton college

बैठक दिउँसो साढे दुई बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने छ। सो बैठक संसदमा जारी गतिरोध अन्त्य लगायतका महत्वपूर्ण समसामयिक विषयमा केन्द्रित रहने सभामुखका प्रेस सल्लाहकारले जानकारी दिए।

छलफलमा प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता माधव कुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव र लोसपाका नेता महन्थ ठाकुरलाई बोलाइएको छ। एमालेले भने बैठकमा सहभागी नहुने संकेत गरेको छ। 

ओलीको रिटमा आज सुनुवाइ

पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले दायर गरेको तीन रिटमध्ये दुईवटाको सुनुवाइ आज हुने भएको छ। 

corrent noodles
Metro Mart

ओलीले निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा, लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, प्रदेश सभा सदस्यहरूलगायतलाई विपक्षी बनाउँदै १७ भदौमा सर्वोच्च अदालतमा तीनवटा छुट्टाछुट्टै रिट रिट दायर गरेका थिए। जसमाथि सुनुवाइ गर्दै एउटा रिटमाथि अन्तरिम आदेश दिन नसकिने जनाइएको थियो भने अन्य दुई रिटमाथि दुवै पक्षलाई बोलाई छलफलपछि अन्तरिम आदेश दिने वा नदिने विषयमा निर्णय गर्ने आदेश भएको थियो। 

देउवालाई खबरदारी गर्न पौडेल पक्षको भेला

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बेग्लै भेला डाकेको छ। 

पार्टी केन्द्रीय कार्यालय सानेपामा डाकिएको भेलामा पौडेल पक्षमा रहेका शीर्ष नेता र केन्द्रीय सदस्य उपस्थित हुनेछन्। सभापति शेरबहादुर देउवाले आफ्नो गृहजिल्ला डडेल्धुरामा क्रियाशील सदस्यता विवादबीच वडा अधिवेशन सम्पन्न गरेपछि पौडेल पक्ष रुष्ट छ। देउवाको यस्तो प्रवृत्तिले १४ औं महाधिवेशन निष्पक्ष हुनेमा शंका देखिएकाले खबरदारी गर्न भेला बोलाइएको एक नेताले बताए। मुलुककमा २१ जिल्लामा कांग्रेस क्रियाशील सदस्यता विवाद छ। 

एनआरएनएको निर्वाचन स्थगन गर्न आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्बन्धी बाँकी प्रक्रिया स्थगन गर्न परराष्ट्र मन्त्रालयले निर्देशन दिएको छ। 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका प्रतिनिधिहरु चयन गर्न संस्थापन पक्षले व्यापक धाँधली गरेको भन्दै उजुरी परेपछि मन्त्रालयले निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिएको हो। परराष्ट्रको पछिल्लो निर्देशनसँगै संघको आगामी अक्टोबर २३, २४ र २५ मा हुने १० औं महाधिवेशन अन्यौल परेको छ।

उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरे पाँच वर्ष कैद

उपभोक्ताको स्वास्थ्यमा असर पुग्ने गरी गुणस्तरहीन खाद्यवस्तु उत्पादन र बिक्री वितरण गरेमा अब पाँच वर्षसम्म कैद र पाँच लाख रूपैयाँसम्म जरिवाना हुने भएको छ। 

गुणस्तरहीन खाद्य पदार्थहरुको उत्पादन, प्रशोधन, सञ्चय, निकासी, पैठारी, ढुवानी तथा बिक्री वितरण रोक्न सरकारले नयाँ कानुनको तयारी गरेको हो। गुणस्तरीय वस्तु उत्पादन तथा बिक्री–वितरण सुनिश्चित गर्न तयार पारिएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’ मा  कैद सजाय र जरिवानाको प्रावधान राखिएको हो। सो विधेयकलाई भदौ पहिलो साता राष्ट्रियसभा बैठकले सर्वसम्मतिले स्वीकृत गरिसेकोको छ। अब सो विधेयक प्रतिनिधिसभाबाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ।

पाकिस्तानमा डरलाग्दो चट्याङ

पाकिस्तानको उत्तरपश्चिमी क्षेत्रमा रहेका दुई आवासीय भवनमा चट्याङ पर्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ। अरु तीन जना घाइते भएका छन्। 

खैबर पख्तुनख्वा प्रान्तको पहाडी क्षेत्र तोर्जारमा यो घटना भएको हो। प्रान्तीय प्रवक्ता कामरान बाङ्गाशले समाचार एजेन्सी एएफपीसँग भनेका छन्, ‘चट्याङका कारण सँगै रहेका दाजुभाइका दुईवटा घरहरूमा क्षति पुगेको र सो परिवारका कम्तीमा १४ जनाको मृत्यु भएको छ।’

अमेरिकासँग खेल्दै नेपाल

आइसिसी विश्वकप लिग–२ अन्तर्गत आजदेखि नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक सिरिज सुरू हुँदैछ। 

ओमानको अल अमिरत क्रिकेट रंगशालामा हुने सिरिजको पहिलो खेलमा नेपाल र  अमेरिकाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार दिउँस सवा चार बजे सुरू हुनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई–दुई खेल खेल्नेछ।  विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्।

प्रकाशित: Sep 13, 2021| 11:13 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।