काठमाडौं- बुटवलको धागो कारखानामा रहेको ५ नम्बर प्रदेशस्तरीय कोराना विशेष अस्पतालबाट शनिबार १० जना कोरोना भाइरस जितेर बिदा भएका छन्।
मुख्यमन्त्री शंकर पोखरेलले स्वास्थ्यलाभ गर्ने सबैलाई बधाई दिएका छन्। उनले फेसबुकमा लेखेका छन्, 'बधाई स्वास्थ्यलाभ गर्नुहुने सबैलाई। अनि बधाई छ उपचारमा संलग्न चिकित्सक, स्वास्थकर्मी र व्यवस्थापक र अन्य सहयोगी सबैलाई।'
योसहित प्रदेश ५ मा कोरोना भाइरस संक्रमण भएर निको हुनेको संख्या ३२ पुगेको छ। यसअघि यसै अस्पतालबाट १ जना र बकेको खजुरामा अवस्थित प्रदेशस्तरीय कोरोना विशेष अस्पतालबाट २१ जना डिस्चार्ज भइसकेका छन्।