शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जनकपुर र राजविराजका लागि प्रदेश सरकारद्वारा पीसीआर मेसिन खरिद

जनकपुर र राजविराजका लागि प्रदेश सरकारद्वारा पीसीआर मेसिन खरिद

प्रदेश २ सरकारले स्वाब परीक्षण गर्न दुई थान पीसीआर मेसिन खरिद गरेको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

जनकपुरधाम- प्रदेश २ सरकारले स्वाब परीक्षण गर्न दुई थान पीसीआर मेसिन खरिद गरेको छ।

triton college

स्वाब परीक्षणको दायरा बढाउनुपर्ने खाँचो रहेका बेला जनकपुर र राजविराजमा जडान गर्न प्रदेश सरकारले पीसीआर मेसिन खरिद गरेको हो।

प्रदेश सरकारले खरिद गरेको पीसीआर मेसिन जनकपुरस्थित पशुरोग अन्वेषण प्रयोगशाला र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा जडान हुनेछन्।

शुक्रबार बिहान काठमाडौंबाट आइपुगेको रियल टाइम पीसीआर मेसिन जडान कार्य सुरु भइसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रति ४ घण्टामा ९६ जनाको स्वाब परीक्षण गर्ने क्षमता रहेको पीसीआर मेसिन सोमबारदेखि सञ्चालनमा आउने प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले जानकारी दिए।

corrent noodles
Metro Mart

यसअघि प्रादेशिक अस्पताल जनकपुरमा जडान भएका दुईवटा पीसीआर मेसिनले फरक नतिजा दिएपछि स्वाब परीक्षण बन्द भएको छ।

पहिलो पटक चैत महिनामा संघीय सरकारले पठाएको मेसिनबाट टेकु प्रयोगशालाभन्दा फरक नतिजा दिएपछि अर्को पीसीआर जडान गरिएको थियो।

तर, दोस्रो पटक जडान गरिएको पीसीआरले समेत भरपर्दो नतिजा दिन नसकेपछि जनकपुरमा स्वाब परीक्षण बन्द भएको छ। जनकपुर, वीरगंज र राजविराजसहित तीन स्थानमा रियल टाइम पीसीआर मेसिन जडान भइसकेपछि परीक्षणको दायरा बढ्ने विश्वास लिइएको छ।

प्रकाशित: May 22, 2020| 15:58 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।