शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘मधेश मुद्दालाई सम्बोधन हुने गरी प्याकेजमा संविधान संशोधन गरौँ’

‘मधेश मुद्दालाई सम्बोधन हुने गरी प्याकेजमा संविधान संशोधन गरौँ’

जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले मधेश मुद्दालाई पनि सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन्।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले मधेश मुद्दालाई पनि सम्बोधन हुने गरी संविधान संशोधन हुनुपर्ने बताएका छन्।

triton college

नेपालको निशान छाप परिवर्तन गर्न सरकारले संविधान संशोधन गर्ने निर्णय गरेको छ।

‘मधेशीसहितले धेरै दिनदेखि संविधान संशोधनको माग गर्दै आएका छन्। संविधानलाई सर्वस्वीकार्य बनाउन भन्दै आएका छन्।’ नेपालसमयसित यादवले भने, ‘अहिले संविधान संशोधनको कुरा आएको छ। मधेशको मुद्दालाई पनि सम्बोधन हुने गरी प्याकेज मै संविधान संशोधन हुनुपर्छ।’

जसपाकै अर्का नेता राजेन्द्र महतोले पनि संविधान संशोधनको माग गर्दै आएका मधेशी, आदिवासी जनजाति र उत्पीडितहरुको मागलाई पनि सम्बोधन गर्नुपर्ने बताए।

‘हामीले पहिलैदेखि संविधान संशोधनको माग गर्दै आएका छौँ। अहिलेसम्म सुनुवाई भएको छैन।’ महतोले भने, ‘संविधान संशोधनको वातावरण बन्दैछ भने हाम्रो मागलाई पनि समेटियोस्।’

corrent noodles
Metro Mart

सरकारले अहिले संविधान संशोधनका विषयमा गरेको निर्णयबारे महतोले भने, ‘अहिले संसदमा जान बाँकी रहेको छ। यस विषयमा हाम्रो पार्टीले आधिकारिक धारणा बनाउँदैछ। त्यसपछि थप कुरा आउनेछ।’

नेता यादवले पनि सरकारले गरेको निर्णयका विषयमा संसदमा छलफल हुने र त्यसपछि निष्कर्षमा पुगिने बताए।

संविधान जारी हुने क्रममा आन्दोलित बनेका मधेश केन्द्रित दलको माग अहिलेसम्म संबोधन हुन सकेको छैन। उनीहरुले राज्य पुनर्संरचना, नागरिकता, भाषा र प्रदेशको अधिकारलगायतका विषयमा असन्तुष्टि जनाउँदै आएका छन्।

अहिले सरकारले नेपाल–भारतबीचको सीमानामा रहेको लिपुलेक–लिम्पियाधुरासहितलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेको छ। उक्त नक्सालाई वैधानिकताका लागि संविधानमा रहेको निशान छाप संशोधन गर्न लागिएको हो।

शुक्रबार सरकारले गरेको निर्णयअनुसार निशान छाप संशोधनका लागि उक्त प्रस्ताव संसदमा पेस हुनेछ। संसदमा पेस भएपछि संविधान संशोधन प्रक्रिया अगाडि बढ्नेछ।

अहिलेकै अवस्थामा सत्तारुढ दल नेकपा एक्लैले संविधान संशोधन गर्न सक्नेछैन। संविधान संशोधनका लागि चाहिने दुईतिहाइ नेकपासँग छैन।

प्रकाशित: May 22, 2020| 14:35 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।