बुधबार, वैशाख २६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • चिकित्सकमाथि अभद्र व्यवहार गर्ने कार्की धरौटीमा छुटे

चिकित्सकमाथि अभद्र व्यवहार गर्ने कार्की धरौटीमा छुटे

वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवक धरौटीमा छुटेका छन्। नागढुंगामा डा. कार्कीलाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका चन्द्रागिरीका उत्तम कार्की १० हजार धरौटीमा छुटेका हुन्।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं - वागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गर्ने युवक धरौटीमा छुटेका छन्। नागढुंगामा डा. कार्कीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका चन्द्रागिरीका उत्तम कार्की १० हजार धरौटीमा छुटेका हुन्।

triton college

काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई धरौटीमा छाडिएको बताए। कोरोनाको कारण गम्भीर प्रकृतिको अपराध बाहेकमा मुद्दा नचलाउने भन्ने अदालत, सरकारी वकिल र प्रहरीको बीचमा सहमति अनुसार कार्कीलाई धरौटीमा छोडेको ज्ञावालीले जानकारी दिए। मुद्दा भने यथावत रहने उनले बताए।

जेठ ४ गते नियन्त्रणमा लिएपछि प्रहरीले कार्कीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाउने जनाएको थियो। पछिल्लो समय कालीमाटी बृत्तको मुद्दा शाखामा कार्यरत प्रहरीलाई नै कोरोना भाइरस संक्रमण भेटिएपछि तिनवटै निकायमा त्रास फैलिएको छ।

 

प्रकाशित: May 21, 2020| 18:19 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।