शुक्रबार, वैशाख १४, २०८१

नाकामा कतै प्रवेश अनुमति, कतै अलपत्र

कोरोना भाइरसको महामारीबीच जारी लकडाउनको समयमा भारतबाट नेपालतर्फ हुन सक्ने प्रवेशलाई रोक्न सशस्त्र प्रहरीबल २४ औँ घण्टा नाकामा खटिएका छन्।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

जनकपुरधाम- कोरोना भाइरसको महामारीबीच जारी लकडाउनको समयमा भारतबाट नेपालतर्फ हुन सक्ने प्रवेशलाई रोक्न सशस्त्र प्रहरीबल २४ औँ घण्टा नाकामा खटिएका छन्।

triton college

नाका पूर्णरुपमा बन्द भएपछि सयौँ नेपाली भारतमा अलपत्र परेका छन्। तर यतिबेला नाका नजिकै आइसकेर अलपत्र परेकाहरुलाई भने कतिपय नाकाबाट नेपाल भित्र्याउने काम सुरु भएको छ। प्रदेश २ स्थित जिल्ला प्रशासनहरुको सहजीकरणमा अलपत्र परेका नेपालीहरुलाई नाका प्रवेश गराउने कार्य सुरु भएको हो।

प्रदेश २ को धनुषा, महोत्तरी र सिरहा जिल्लाका मुख्य नाकाहरुबाट अलपत्र परेको नेपालीहरुलाई सम्बन्धित स्थानीय तहसम्म पुर्याउने कार्य भइरहेको छ।

धनुषाको जटही नाकाबाट विगत चार दिनमा २४४ जना नेपाल प्रवेश गरेका छन्। जिल्ला प्रशासन कार्यालयको सहजीकरणमा पहिलो दिन ५९, दोस्रो दिन ६९, तेस्रो दिन ३५ र चौथौं दिन बुधबार ८१ जना नेपाली नाकाबाट स्वदेश प्रवेश गरेका छन्।

धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् क्वारेन्टिन व्यवस्थापन समितिका संयोजक शरदकुमार पोखरेलले नाकामा अलपत्र परेका नेपालीहरुलाई भित्र्याउने कार्य भइरहेको जानकारी दिए। नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा सामान्य स्वास्थ्य जाँच गरी भारतबाट आएकाहरुलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाउने कार्य भइरहेको उनले बताए।

corrent noodles
Metro Mart

‘नाकामा अलपत्र परेकाहरुलाई गत ४ गतेदेखि यता ल्याउने काम सुरु भएको छ, हामीले सहजीकरण गरिदिएका छौँ,’ पोखरेलले भने, ‘बिहान १० र साँझ ६ बजे सम्बन्धित स्थानीयतहले आ–आफ्नो नागरिकलाई गाडीमा राखेर लग्ने गरेका छन्।’

उताबाट आएकाहरुलाई सोझै घर नपठाइ क्वारेन्टिनमा राख्ने गरिएको पोखरेलले जानकारी दिए। लुकिछिपी नाका कट्ने कार्यलाई रोक्न आफूहरुले सहजीकरण गरी व्यवस्थित तरिकाले अलपत्र परेकाहरुलाई ल्याउने वातावरण मिलाइएको उनको भनाइ छ।

यसैगरी महोत्तरीको मुख्य नाका मलिवाडा र सिरहाको माडरबाट समेत अलपत्र परेका नेपालीहरु भित्रिएका छन्। महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले मलिवाडा नाकाबाट महोत्तरीबाहेक भारतबाट आएकाधनुषाका साथै अछाम, रुकुमलगायतका नागरिकहरु प्रवेश गरेको बताए।

‘पछिल्लो तीनचार दिनदेखि भारतमा अलपत्र परेका नेपालीहरुलाई नाकाबाट भित्र्याएका छौँ,’ प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘यहाँका नागरिकलाई सम्बन्धित स्थानीय तहको जिम्मा लगाइएको छ। छिमेकी जिल्लाका वासिन्दाका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय भइरहेको छ।’

पछिल्लो चार–पाँच दिनमा महोत्तरीसहित अन्य जिल्ला गरी पाँच सय भन्दा बढी नेपाली प्रवेश गरेको उनले बताए। नाकामा अलपत्र परेकाहरु आउने क्रम सुरु भएपछि क्वारेन्टिन व्यवस्थापनमा समेत चुनौती थपिएको उनको भनाइ छ।

सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाँईंले पनि नाकामा अलपत्र परेका नेपालीहरुको स्वास्थ्य जाँच गरी नेपाल प्रवेश गराइएको बताए। नाकाबाट सिरहा बाहेक नेपालका अन्य जिल्लाहरुका नागरिकसमेत प्रवेश गरेको उनको भनाइ छ।

नाकामा अलपत्र परेका नेपालीहरुलाई प्रवेश गराइए पनि सोझै घरसम्म जान अनुमति नरहेको प्रमुख जिल्ला अधिकारीहरुको भनाइ छ।

नाकामा सामान्य स्वास्थ्य जाँचपछि स्थानीय तहको जिम्मा लगाएर क्वारेन्टिनमा राख्ने गरिएको उनीहरुको भनाइ छ। नाकामा अलपत्र परेका नेपालीहरुलाई व्यवस्थापन गर्न गृह मन्त्रालयले दिएको आदेशपछि उनीहरुलाई भित्र्याउने काम भएको प्रमुख जिल्ला अधिकारीहरुको भनाइ छ।

केही जिल्ला प्रशासन कार्यालयलहरुले सहजीकरण गरी अलपत्र परेका नेपालीहरुलाई भित्र्याइ रहे पनि सप्तरी, सर्लाही, रौतहट, बारा र पर्साले भने हालसम्म कोही नेपाली नाकाबाट प्रवेश नगरेको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीका सूचना अधिकारी आनन्द ठाकुरले नाकाबाट प्रवेश गर्न दिनबारे आफूहरुलाई कुनै आदेश नरहेकोले कोही नआएको बताए। ‘अन्य जिल्लामा नाकामा अलपत्र परेका नेपालीहरु आइरहेको सुनेको छु, तर कसरी आइरहेका छन् थाहा भएन्,’ ठाकुर भन्छन्, ‘हामीलाई त्यस्तो कुनै आदेश आएको छैन।’

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले नाकामा अलपत्र रहेकाहरुलाई नेपाल ल्याउन आफूहरु तयारी अवस्थामा रहेको बताए।

‘नाकामा अलपत्र परेका नेपालीहरुलाई ल्याउन हामी तयारी अवस्था माछौं,’ बस्नेतले भने, ‘केही प्रक्रिया पूरा गर्न बाँकी छ, पूरा भएलगत्तै उनीहरु आउने छन्।’ बस्नेतले पारीतर्फको क्वारेन्टिनमा २२४ जना नेपाली बसिरहेको तथ्यांक आफूहरुसँग रहेको बताए।

‘उताको क्वारेन्टिनमा २२४ जना नेपाली बसेको जानकारी हामीसँग छ, रेल खुलिसकेपछि नेपाल आउने नेपालीहरुको चाप बढ्ने निश्चित छ,’ उनले भने।

भारतले मजदुरहरुलाई आ–आफ्नो घरसम्म पुग्न रेल सञ्चालन गरेपछि नाकामा नेपालीहरुको चाप बढेको छ। भारतको विभिन्न स्थानबाट सञ्चालन भएको रेलहरु बिहारको पटना र मुजफ्फरपुरसम्म आइपुगेका नेपालीहरु नाकामा पुगेपछि थप चाप बढ्ने अनुमान गरिएको छ।

प्रकाशित: May 21, 2020| 15:00 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।