शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पीसीआरबाट साढे ३५ हजारको कोरोना परीक्षण : ४४४ मा संक्रमण पुष्टि, तीन जनाको मृत्यु

पीसीआरबाट साढे ३५ हजारको कोरोना परीक्षण : ४४४ मा संक्रमण पुष्टि, तीन जनाको मृत्यु

कुल संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोककी एक महिला, बाँकेका एक पुरुष र गुल्मीका एक पुरुषको मृत्यु भएको हो।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

नेपालमा हालसम्म पीसीआर विधिबाट ३५ हजार ४९४ जनाको कोरोना भाइरस परीक्षण गरिएकोमा ४४४ जनामा संक्रमण पुष्टि भएको छ।

triton college

यो तथ्यांक हिजो (बुधबार) दिउँसो चार बजेसम्मको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन सवा ४ बजे कोरोना भाइरसबारे प्रेस ब्रिफिङ गर्छ ।

कुल संक्रमितमध्ये तीन जनाको मृत्यु भएको छ। सिन्धुपाल्चोककी एक महिला, बाँकेका एक पुरुष र गुल्मीका एक पुरुषको मृत्यु भएको हो।

मृत्यु हुने महिला ८ दिनकी सुत्केरी थिइन्। काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गराइएकी उनी त्यसपछि आफ्नो घर सिन्धुपाल्चोक गएकी थिइन्।

केही दिनमा ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि सुरुमा स्थानीय स्वास्थ्य संस्थामा उपचार गरियो। तर, समस्या बढ्दै गएपछि धुलिखेल अस्पताल ल्याइएको थियो। अस्पतालमा नै उनको मृत्यु भयो। मृत्यु भएपछि मात्रै उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

corrent noodles
Metro Mart

अर्का मृतक बाँकेका युवा भारतबाट आएर नरैनापुरको एक क्वारेन्टिनमा बसेका थिए। उनको क्वारेन्टिनमै मृत्यु भएको हो। उनमा पनि कोरोना संक्रमण भएको पुष्टि मृत्युपछि मात्रै भएको थियो।

आज बिहान मृत्यु भएका ४१ वर्षीय पुरुष गुल्मीका शिक्षक हुन्। कोरोना भाइरसबाट संक्रमित उनी भैरहवाको क्रिमसन अस्पतालमा उपचाररत थिए। केही दिनदेखि उनलाई भेन्टिलेटरमा राखिएको थियो।

गुल्मीको कंगे देउराली आधारभूत विद्यालयका प्रधानाध्यापकसमेत रहेका उनको मृत्युको खबर हिजो बिहीबार नै फैलिएपछि अस्पतालले विज्ञप्ति निकालेर मृत्यु नभइसकेको बताएको थियो।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आज विज्ञप्ति जारी गर्दै शिक्षकको मृत्युको पुष्टि गर्नुका साथै दुःख व्यक्त गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘मदाने गाउँपालिका–६ निवासी ४१ वर्षिय शिक्षकको आज बिहान दुखद निधन भएको छ । उहाँलाई बचाउन अनेकौं प्रयास गर्दा पनि बचाउन नसकिएकोमा निकै दुःखी छौं ।’

कोरोना संक्रमित ४५ जना भने कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। त्यसैगरी देशभरका क्वारेन्टिनमा २३ हजार २०२ जना रहेको मन्त्रालयको तथ्यांक छ।

सरकारले पीसीआर परीक्षणको दायरा बढाइने बताउँदै आएको छ। हालैमात्र सरकारले सार्वजनिक स्वास्थ्य संस्थामा जोकसैले कोरोना परीक्षण गर्न पाउने निर्णय पनि गरिसकेको छ। तर त्यसको शुल्क भने तोकिएको छैन।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नीतिगत निर्णय गर्दै लक्षण नदेखिएका स्वदेशी तथा विदेशी नागरिकले तोकिएका सार्वजनिक स्वास्थ्य संस्थामा स्वेच्छाले सशुल्क आरडीटी र पीसीआर परीक्षण गर्न सक्ने निर्णय गरेको थियो।

प्रकाशित: May 21, 2020| 13:35 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।