शनिबार, वैशाख १५, २०८१

उपत्यका सिल गर्न सरकारसँग काठमाडौं महानगरकाे माग

काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।

triton college

कोरोना भाइरसले पछिल्लो समय काठमाडौं उपत्यकामा पनि सङ्क्रमण बढ्दै गएकाले कामपाको ४६औं विशेष नगर कार्यपालिका बैठकको निणयले यस्तो आग्रह गरेको हो।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन अवधिमा उपत्यका प्रवेश गर्ने प्रवेश विन्दु (नाका) हरुबाट अत्यावश्यक सेवा प्रवाहमा संलग्न सवारीसाधन तथा पासको दुरुपयोग गरी मानिस उपत्यका प्रवेश गर्ने क्रम नरोकिएको भन्दै कामपाले यस्तो आग्रह गरेको हो।

प्रवक्ता ईश्वरमान डंगाेलले काठमाडौंमा कोरोना भाइरस संक्रमणकाे खतरा बढ्दै गएकाले यसको रोकथाम र नियन्त्रणका लागि लकडाउन अवधिभर उपत्यका प्रवेश गर्ने सबै नाका सिल गर्न गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई लेखी पठाउने निर्णय बैठकमा भएको जानकारी दिए।

त्यसैगरी लकडाउन अवधिमा कोही व्यक्ति अत्यावश्यक कामका लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्नुपर्ने भए निजको प्रस्थान विन्दुमै कोभिड–१९ को परीक्षणपछि नभएको पुष्टि भएपछि मात्र उपत्यकामा प्रवेश गर्न अनुमति दिने व्यवस्था मिलाउनुपर्ने पनि बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

corrent noodles
Metro Mart

लकडाउन उल्लंघन गरी अनुमति नलिई लुकीछिपी काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्ति र निजलाई सहयोग पुर्‍याउने व्यक्तिलाई समेत कारबाही गर्न पनि माग गरिएको छ।

क्वारेन्टिन व्यवस्थापन गर्न बनेको मापदण्ड, २०७६ बमोजिम कामपा क्षेत्रमा आवश्यक सङ्ख्यामा क्वारेन्टिन सञ्चालन र व्यवस्थापन गर्न पनि माग गरिएको छ ।

अत्यावश्यक सार्वजनिक सेवा प्रवाहमा संलग्न जनप्रनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मीको कोरोना भाइरससम्बन्धी परीक्षणको अविलम्ब व्यवस्था मिलाउन पनि सरकारलाई अनुरोध गरेको डंगाेलले जानकारी दिए ।

कोभिड–१९ को संक्रमण बढ्दै गएको र यसका लागि लकडाउनको अवधि पनि थप हुँदै गएको सन्दर्भमा समाजमा चोरी, घरेलु हिंसा, मानसिक रोग जस्ता सामाजिक समस्याहरु देखापर्ने सम्भावना देखिएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गरिएको छ ।

प्रकाशित: May 20, 2020| 06:05 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।