शुक्रबार, वैशाख १४, २०८१

प्रचण्डको चिन्ता - माओजस्तै एक-दुई वर्षमा एक्लै पो भइने हो कि ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्‍‍ने चिन्ता चिन्ता व्यक्त गरेका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिँदै जाने हो कि भन्‍‍ने चिन्ता चिन्ता व्यक्त गरेका छन्। 

triton college

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाँही एक-दुई वर्षपछि यस्तै हुने होकि भन्‍ने चिन्ता लाग्‍ने गरेको बताए। 

काठमाडौंमा आइतबार आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचनमा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख गरे। यसबारे चिन्तनमनन गरिदिन पनि बाम बुद्धिजीविहरुलाई आग्रह गरेका छन्। 

उनले भने, ‘कहिलेकाहीँ मलाई पनि यस्तै हुन्छ। एक-दुई वर्ष जतिमा एक्लो पो हुने हो कि ? र माओले भनेजस्तै ‘म एक्लो हुँ ’ भन्‍नुपर्ने हो कि? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के । तपाईंहरु यो पनि चिन्तन-मनन गरिदिनुहोला । नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशामा सन्दर्भमा यो रोग के हो? पुस्तकका टिप्पणीकारहरुले प्रचण्डको नाम आउँछ कि भनेर किन डराउनु भयो? यो व्यक्तिगत कुरा हो र ? व्यक्तिगत प्रशंशा खोजेको कुरो हो र ? यो।’

अध्यक्ष दाहालले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले नेपालको कम्युनिष्ट आन्दोलनको कार्यदिशालाई सही ढंगले अघि बढाउन विगतमा भएका इतिहासहरुको सही समीक्षा गरेर अघि बढ्नुपर्ने आवश्यक्ता पनि औंल्याए। अध्यक्ष दाहालले आफूले अझै कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर अघि बढन चाहेको पनि दोहोर्‍याएका छन्।

corrent noodles
Metro Mart


 


प्रकाशित: Sep 12, 2021| 21:37 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...