बुधबार, वैशाख २६, २०८१

नेपाल भर्सेस बंगलादेश : पहिलो प्रयोग सफल, दोस्रो असफल

नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा आइतबार दुबै टिमले गोल गर्न सकेनन्। खेलको पहिलो हाफमा नेपालले धरै अवसर खेर फाल्यो भने बंगलादेशले पनि अवसर खेर फालेपछि खेल गोलरहित बराबरीमा रोकिएको हो।
 |  आइतबार, भदौ २७, २०७८

विनय सापकोटा

विनय सापकोटा

आइतबार, भदौ २७, २०७८

काठमाडौं- नेपाल र बंगलादेशको मैत्रीपूर्ण फुटबलको दोस्रो खेलमा आइतबार दुबै टिमले गोल गर्न सकेनन्। खेलको पहिलो हाफमा नेपालले धरै अवसर खेर फाल्यो भने बंगलादेशले पनि अवसर खेर फालेपछि खेल गोलरहित बराबरीमा रोकिएको हो।

triton college

पहिलो हाफसँगै दोस्रो हाफमा पनि खेलाडीले निकै राम्रा अवसरहरुको पनि सदुपयोग गर्न सकेनन्। यो खेललाई नेपाली महिला टिमका मुख्य प्रशिक्षक ग्यारी फिलिप्स आफ्नो नयाँ-नयाँ प्रयोग भन्‍न रुचाउँछन्।

उनकै शब्दमा अहिले नेपाली टिम ट्रान्जिसनल अवस्थामा छ। जसको नतिजा हो अनुभवी र नयाँ खेलाडीको मिश्रित स्क्वाड नेपाली टिममा हुनु। अहिले महिला टिममा सात नयाँ खेलाडी समेटिएका छन्।

बंगलादेशविरुद्ध प्रशिक्षक फिलिप्सले त्यही मिश्रित टिमबाट परीक्षण गरे। पहिलो खेलमा नतिजा सकारात्मक निस्कियो। त्यहि टिमका तीन खेलाडी हेरफेर गरेर उनले दोस्रो खेलमा मैदान उतारे तर नेपालले गोल गर्न सकेन।

‘यो खेल नै फरक अभ्यास गर्ने हेतुले थियो। मैले तीन खेलाडी फेरेको थिएँ। त्यो प्रयोग थियो। तर त्यो आज सफल भएन। म सरी भन्न चहान्छु,’ उनले खेलपछि भने, ‘अहिले लामो समयपछि खेल भएको थियो। र, यी दुई खेल तयारी खेलका रुपमा मात्र थिए। त्यसमा हामीले राम्रो नतिजा ननिकाले पनि हामीले खेलको स्तर हेर्‍यौं। यो खेललाई त्यसरी पनि लिन सकिन्छ।’

corrent noodles
Metro Mart

खेलको सुरुवाती समयमै नेपाली गोलकिपर अन्जना राना मगरले 'मिस्टेक' गरे पनि बंगलादेशी खेलाडीले गोल गर्न सकेनन्। श्रिमोटी सरकारले खाली पोस्टनजिक बल पाए पनि उनको फितलो प्रयासलाई नेपाली डिफेन्डरले बचाएका थिए। बंगलादेशले गुमाएको यो नै गोलको निकै ठूलो अवसर थियो।

त्यसबाहेक सरकारले नै ३० औं मिनेटमा बायाँ कुना नजिकैबाट गरेको प्रहार पोस्टको बारमा लागेर बाहिरएको थियो। र, बंगलादेशले अर्को अवसर गुमायो।

यता नेपाली डिफेन्डर अमृता जैशीले पोस्टबाहिरबाट गरेका प्रहार बंगलादेशी गोकिपर रुप चक्माले बचाइन्। त्यस्तै १० औं मिनेटमा मिडफिल्डर सरु लिम्बूको प्रयास पनि गोलकिपरको हातबाट कर्नरका लागि बाहिरियो।



त्यसको अर्को मिनेटमा सरुकै प्रहार भने पोस्टजनिकैबाट बाहिरिएको थियो। यता सरुले नै २० औं मिनेटमा अर्को अवसरको सदुपयोग गर्न सकिनन्। 

उनले गोलकिपर चक्मासँग वान टु वानको अवस्थामा पोस्टबाहिर प्रहार गरिन्। विमलाले त्यस्तै अवसर ४३ औं मिनेटमा गुमाइन्। ३७ औं मिनेटमा कप्तान रेनुका नगरकोटेको क्रस फरवार्ड बिमला चौधरीले हेड गर्न नसकेपछि बाहिरिएको थियो।

पहिलो हाफको अन्तिम केही मिनेटको खेल आक्रामक बने पनि दुवै टिमबाट गोल हुन सकेन। बंगलोदश र नेपालको खेल तुलना गर्दै बंगलादेशी प्रशिक्षक स्लाम छोटोङ भन्छन्, ‘नेपाल बलियो टिम हो। हाम्रा खेलाडीले लामो समयदेखि सँगै खेलेर राम्रो अन्डरस्ट्यान्डिङ छ। हाम्रो फुटबल फेडेरेसनले फुटबलमा धेरै लगानी गरिरहेको छ। त्यसले हामीलाई राम्रो सहयोग भएको छ। हामीले राम्रो गर्दै गइरहेका छौं।’

सुरुवाती रोजाइमा बिहीबारको खेलको तुलनामा प्रशिक्षक फिलिप्सले आइतबार तीन परिवर्तन गरेका थिए। तर आजको फरवार्ड लाइनलाई उनले ६५ औं मिनेटमा परिवर्तन गर्दै अग्रपंक्तिको मोर्चा सम्माल्ने जिम्मा सविता राना मगर, प्रिति राई र विमला चौधरीलाई दिएका थिए।

त्यही फरवार्ड लाइनले पहिलो खेलमा दुई गोल पनि गरेको थियो। तर आइतबारको खेलमा सो अग्रपंक्तिका खेलाडीले गोल गर्न सकेनन्। यता ६५ औं मिनेटमै अनिता बस्नेतको ठाउँमा अनिता केसीले मैदान छिर्ने अवसर पाएकी थिइन्। तर नेपालले अवसर गुमाइरहँदा फरवार्ड सवित्रा भण्डारीको अभाव भने महशुस भइरह्यो।

खेलको अन्तिमसम्म पनि नेपालले गोल गर्न सकेन। बंगलादेशले केही राम्रा मुभहरु बनाए पनि गोलको नजिक पुग्‍न सकेन्। ‘बंगलादेशले तीन महिना अभ्यास गरेको छ। हामीले डेढ महिना मात्र गरेका छौं। त्यसले पनि असर गर्‍यो,’ ग्यारीले भने।

प्रशिक्षणको दौरान प्रशिक्षक ग्यारीले तीन तरिकाले सवित्राको स्थान पूर्ति गर्ने बताएका थिए। उनीजस्तै प्रतिभावना खेलाडी छानेर, एकभन्दा धेरै खलाडीको समिश्रणबाट वा फुटबल फर्मेसनबाट भए पनि सवित्रा भण्डारीको स्थान पूरा गर्ने बताएका थिए। तर, फरवार्ड लाइनमा नेपाली खेलाडी चुकिरहँदा खेल गोलरहित बराबरीमा रोकिएको हो। 

नेपालले अवसर सदुपयोग गर्न नसकेको बारे प्रशिक्षक फिलिप्स भन्छन्, ‘हामीसँग अवसर भए पनि स्पष्ट अवसर भएनन्।’ यद्यपि दुई खेलको मैत्रीपूर्णमा नेपाल अघि रह्यो। जहाँ बिहीबार भएको पहिलो खेलमा नेपालले २-१ गोलको जित निकालेको थियो। बंगादेशका प्रशिक्षक स्लाम छोटोङले पछिल्लो खेलको तुलनामा बंगलादेशले राम्रो खेलेको बताए। 

उनले भने, 'सुरुदेखि ९० मिनेटसम्म नै हाइ इन्टिनसिटी खेल खेलेका छ। म धन्यवाद दिन्छु। नेपालजस्तो टिमविरुद्ध बराबरी खेल्नु राम्रो कुरा हो। खेलाडी राम्रा हुँदैछन्।’


नेपालले खेल्न बोलाएको र यसरी खेल्दा एएफसी छनोटमा फाइदा भएको बंगलादेशको प्रशिक्षकको ठम्याइ छ। उनले भने, ‘यसले हामीलाई आत्मविश्वास बढाएको छ।’

अब बंगलादेशले जोर्डनसँग खेल्दैछ। त्यसका लागि तयारी राम्रो भएको उनले बताए। भने, ‘त्यो खेल पनि प्रतिस्पर्धी हुन्छ होला।’ यता खेलको समीक्षा गर्दै प्रशिक्षक फिलिप्सले भने, ‘प्रिति र सरुले राम्रो खेले। यो मेरो लागि प्रयोग गर्ने अवसर भयो, जसमा गोल हुन सक्नेछ।’

अब नेपालले एसिया कप छनोटमा फिलिपिन्स र हङकङसँग खेल्दैछ। दुबै देश फिफा वरीयतामा नेपालभन्दा माथि छन्। त्यसले कस्तो असर गर्ला भन्ने प्रश्नमा ग्यारीले भने, ‘हामीले केही राम्रा खेलाडी गुमाएका छौं। त्यो चाहिँ समस्या हो वरियता समस्या होइन्।’

अहिलेको मैत्रीपूर्ण खेलजस्तो भए पनि प्रशिक्षक ग्यारीले नेपाल टिमलाई लिएर ठूलो सपना देखेका छन्। उनी सुनाउँछन्, ‘हामीले कुनै समयमा गएर एसियाका ठूलो टिम दक्षिण कोरिया, जापान र अष्ट्रेलियासँग खेल्नुपर्ने हुन्छ। र, यो सुरुको अवस्था हो।’



यता नेपाली टिमकी कप्तान रेनुका नगरकोटेले नेपालको खेल सोचेजस्तो खेल्न नसकेको बताइन्। उनले भनिन, ‘मिडफिल्डर डिफेन्स त ठिकै थियो तर स्कोरिङ भएन। नयाँ खेलाडी भएर होला सायद खेलमा तालमेल मिलिरहेको छैन। यसलाई सुधार गर्ने कोशिस गर्नेछौं।’

उनले प्रशिक्षक फिलिप्स थोरै समयका लागि मात्र उपलब्ध भएको कारण प्रशस्त सिक्न नपाएको बताइन्। उनले भनिन्, ‘उहाँले धरै सिकाइरहनु भएको छ, तर हामीले लिन सकेका छौं जस्तो लागेकै छैन। यता हामीसँगै खेल्ने धेरै साथीहरु अहिले टिममा छैनन्। नयाँ खेलाडीको क्षमता पहिचान भएपछि हाम्रो तालमेल बनिहाल्छ।’

उनले एसिया कप छनोटसम्म नेपाली टिममा धेरै सुधार हुने विश्वास लिएको बताएकी छन्। उनले भनिन्, ‘विस्तारै विस्तारै राम्रो हुन्छ। अहिले केही समस्या छन्, धेरै छैनन्।’


प्रकाशित: Sep 12, 2021| 21:27 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।