शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रहरीको घेराभित्र गरिएको अधिवेशन स्वीकार्य हुँदैन : डडेल्धुरा कांग्रेस

प्रहरीको घेराभित्र गरिएको अधिवेशन स्वीकार्य हुँदैन : डडेल्धुरा कांग्रेस

डडेल्धुरा पार्टी सभापति कर्णबहादुर मल्लले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्यसमितिको समन्वयमा गरेको अधिवेशनलाई मात्रै स्वीकार गर्ने स्पष्ट पारेका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

धनगढी- निर्वाचन अधिकृतले समन्वय नगरी  एकलौटी ढंगले गरेको वडा अधिवेशन स्वीकार नगर्ने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ। डडेल्धुरा पार्टी सभापति कर्णबहादुर मल्लले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्यसमितिको समन्वयमा गरेको अधिवेशनलाई मात्रै स्वीकार गर्ने स्पष्ट पारेका छन्। 

triton college

सभापति मल्लले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘अन्यायमा परेका क्रियाशील सदस्यको पीडामा पार्टीका केन्द्रीय सभापति शेरबहादुर देउवा कहीँकतै संवेदनशिल देखिनुभएन । जिल्ला कार्य समितिले अधिक लचकताका साथ राखिएको प्रसतावलाई समेत साथीहरुले अवज्ञा गर्दै भदौ २५ गतेका दिन राज्यशक्ति र सत्ताको दुरुपयोग गर्दै केन्द्रीय सभापतिज्यूको हस्तक्षेपमा पार्टीभित्रको आन्तरिक अधिवेशन कडा सुरक्षाको घेरा भित्र केही सिमित क्रियाशिल सदस्यहरुको मात्र उपस्थितिमा कथित वडा अधिवेशनमा प्रवेश गरेको छ।'

उक्त प्रक्रिया अवैधनिक भएको उनको ठहर छ।  ‘उक्त प्रक्रिया पूर्ण अवैधानिक, एकपक्षीय अलोकतान्त्रिक रहेको नेपाली कांग्रेस डडेल्धुराको ठहर रहेको छ’ विज्ञप्तीमा भनिएको छ, 'केही सीमित क्रियाशील सदस्यहरुलाई सुरक्षाको घेरा भित्र राखिएर अधिवेशन नेपाली कांग्रेस डडेल्धुराले स्वीकार गर्न सक्दैन ।’ 

‘वडा अधिवेशन गर्न नसकिने भनि नेपाली कांग्रेस डडेल्धुराको भदौ २२ गतेको निर्णय तथा भदौ २३ गतेको वडा सभापति र पालिका सभापतिको बैठकले क्रियाशील सदस्यताको विवाद सामाधान गरेर मात्र अघि बढ्न र तत्काल अधिवेशन स्थगन गर्ने भनि निर्णय गरेको थियो,' विज्ञप्तीमा भनिएको छ, ‘एकथरी साथीहरुले निर्वाचन अधिकृतलाई आफ्नो अनुकुल बनाइ अज्ञात स्थलबाट निर्वाचनको सूचना जारी गर्न लगाइएको र निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले कार्यसमितिसँग एउटा फोन समेत नगरी निर्वाचन प्रक्रिया अघि बढाएका छन्।'

विधिवत रुपमा वडा अधिवेशन नभएसम्म कार्यसमिति मातहतका सम्पूर्ण समितिहरु यथावत रहने नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ।

corrent noodles
Metro Mart




प्रकाशित: Sep 12, 2021| 20:41 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।