शुक्रबार, वैशाख १४, २०८१

सुनसरीका १५० पत्रकारको निःशुल्क बिमा

प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय सबै पत्रकारको निःशुल्क बिमा गरेको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

इटहरी- प्रेस युनियन सुनसरीले जिल्लामा सक्रिय सबै पत्रकारको निःशुल्क बिमा गरेको छ। कोभिड–१९ को समयमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिएका नेपाल पत्रकार महासंघमा आबध्द र अन्य सक्रिय गरेर १५० जना पत्रकारको निःशुल्क बिमा भएको छ।

triton college

प्रेस युनियन सुनसरी र आईएमई जनरल इन्सुरेन्सबीच सम्झौता भएको छ। सम्झौतामा युनियनका तर्फबाट अध्यक्ष पवन अधिकारी तथा इन्सुरेन्सका तर्फबाट प्रदेश संयोजक विमलकुमार न्जिततकारले हस्ताक्षर गरेका छन्।

बिमा रकम प्रतिपत्रकार १ लाख रहने सम्झौतामा उल्लेख छ। हस्ताक्षर कार्यक्रममा कम्पनीका इटहरीस्थित कार्यालयका म्यानेजर भोजराज अधिकारी, विराटनगरका म्यानेजर सुनिल ठाकुर तथा नेपाल प्रत्रकार महासंघ प्रदेश १ समितिका अध्यक्ष बिक्रम लुइटेल तथा महासचिव विवेक गौतम लगायतको उपस्थिति थियो।

सम्झौताअनुसार कोभिड–१९ को पीसीआर जाँचमा पोजेटिभ देखिएका पत्रकार बिमा रकमका लागि योग्य हुनेछन्। विमाको अवधि एक वर्षको छ। इन्सुरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरगत पत्रकारकाे बिमा गरेको हो।

प्रकाशित: May 17, 2020| 14:54 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।