शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लकडाउन उल्लंघन गर्ने प्रदेश सांसदको गाडी नियन्त्रणमा

लकडाउन उल्लंघन गर्ने प्रदेश सांसदको गाडी नियन्त्रणमा

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रहरीले प्रदेश २ मा ‘लकडाउन’ लाई कडा बनाएको छ। ‘लकडाउन’ उल्लंघन गरी सवारी साधनहरु निर्वाधरुपमा हिँड्न थालेपछि पछिल्लो दुई दिनदेखि प्रहरीले कडाइ गरेको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

जनकपुरधाम - कोरोना संक्रमितको संख्या बढ्न थालेपछि प्रहरीले प्रदेश २ मा ‘लकडाउन’ लाई कडा बनाएको छ। ‘लकडाउन’ उल्लंघन गरी सवारी साधनहरु निर्वाधरुपमा हिँड्न थालेपछि पछिल्लो दुई दिनदेखि प्रहरीले कडाइ गरेको छ।

triton college

यसैबीच प्रहरीले बिनापास गाडी चलाएको भन्दै प्रदेश सांसद अशोक यादवको गाडी नियन्त्रणमा लिएको छ। प्रहरीले जनकपुरको भानुचोक नजिकबाट प्रदेश सांसद यादवको गाडी नियन्त्रणमा लिएको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले प्रहरीले चेकजाँच गर्दा पास देखाउन नसकेपछि गाडीलाई नियन्त्रणमा लिइएको जानकारी दिए। ‘लकडाउन उल्लंघन गरेर बिनापास सञ्चालन भएका सरकारी गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। गाडीमा उहाँ हुनुहुन्थेन। प्रहरीले चालकलाई पास देखाउन भन्यो। पास नदेखाएपछि नियन्त्रणमा लिइएको हो।’, उनले भने। कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा लकडाउनलाई प्रभावकारी बनाउन कडाइ गर्नुको विकल्प नरहेको निरौलाले बताए ।

‘लकडाउन’ उल्लंघन गरी सञ्चालन भइरहेका सरकारी गाडीसहित सयभन्दा बढी सवारी साधन प्रहरीले शुक्रबार जनकपुरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले बताए।

यसैगरी सरकारी तथा निजी गरी प्रदेश २ मा शुक्रबार साँझसम्म ‘लकडाउन’ उल्लंघन गरेर हिँड्ने १८२ सवारी साधन नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: May 15, 2020| 19:29 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।