शुक्रबार, वैशाख १४, २०८१

नेपाल-भारत सीमामा तारबार लगाउन सांसदको माग

भारतले पटक-पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सार्वभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गरेका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं - भारतले पटक-पटक नेपालको सीमा अतिक्रमण गरी दुःख दिएको र नेपालको सार्वभौमसत्तामाथि नै प्रश्न खडा हुने गरी गतिविधि गरेको भन्दै सांसदहरुले तत्काल दुई देशबीचको सीमा व्यवस्थापन गर्ने गरी तारबार लगाउन माग गरेका छन्।

triton college

कोरोनाको संक्रमण फैलन नदिन लकडाउन जारी रहेको बेला पछिल्लोपटक नेपालको भूमि अतिक्रमण गरी सडक निर्माण गरेको र नेपालको अस्मितामाथि नै हमला गरेकाले सीमा क्षेत्रमा तत्काल तारबार गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका हुन्। राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सीमा अतिक्रमणविरुद्ध सरकारले कूटनीतिक पहल गर्नुपर्ने र आफ्नो भूमि एक इन्च पनि नछाड्ने गरी प्रक्रिया अगाडि बढाउन सांसदले माग गरेका हुन्।

केही सांसदले त सीमा क्षेत्रमा तारबार लगाउने निर्णय भएको खण्डमा आफूले पाउने पारिश्रमिकसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाए। भारतले पछिल्लोपटक यही वैशाख २६ गते नेपाली भूमि अतिक्रमण गरी निर्माण भएको धार्चुला हुँदै मानसरोवर जाने सडक उद्घाटन गरेको थियो। भारतको उक्त कमदका विरुद्ध नेपाल सरकारले भारत सरकारलाई यहाँस्थित राजदूतमार्फत कूटनीतिक नोटसमेत उपलब्ध गराइसकेको छ।

भारतले मित्रवतको व्यवहार नगरेको, नेपाली भूमिमाथि नजर लगाएको, अनाधिकृतरूपमा सडक निर्माण गरी दुःख दिएकाले सरकारले कूटनीतिक राजनीतिक दुवै प्रयासका अलावा अन्य पहल गर्नसमेत सांसदले आग्रह गरे।

सांसद अनिता देवकोटाले सीमा क्षेत्रमा भारतले निर्माण गरिरहेको सडकको बारेमा सरकारलाई जानकारी नै थिएन भनेर सरकारी पक्षबाट आएको धारणा गलत रहेको भन्दै तत्काल प्रष्ट्याउन माग गरिन्।

corrent noodles
Metro Mart

सांसद इन्दु कडरियाले नेपालीको घर आँगनमा नै भारतीयले आएर दुःख दिएको र सीमा अतिक्रमण गरेर दुःख दिएकाले पूर्वदेखि पश्चिमसम्म सीमा निर्धारण गरी काँडेतार लगाउन माग गरिन्। उनले सीमा व्यवस्थित गर्ने पहल सरकारले गरेको खण्डमा आफूले पाउने एक वर्षको सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाइन्।

सांसद उदयाशर्मा पौडेलले नेपालको भूमिमाथि भारतले पटक-पटक अतिक्रमण गरेर दुःख दिएकाले कहिल्यै समस्या नबल्झने गरी निरुपण गर्नुपर्ने धारणा राखिन्।

सांसद कविता बोगटीले हात्तीको दुई वटा दाँत हुन्छ भनेजस्तै भारतले गरेको र उसको मिचाहा प्रवृत्ति सधैं सहेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरिन्। उनले भनिन्, 'हामीले नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने भन्ने मान्यताका साथ काम गर्नुपर्छ।'

सांसद गंगाकुमारी बेलवासेले कालापानी नदी हाम्रो सीमा नदी भए पनि भारतले नक्कली कालीनदी र पोखरी बनाएर नेपाली सीमा मिचेको भन्दै सीमानाको सुरक्षामा कुनै पनि सम्झौता नगर्न सरकारको ध्यानकर्षण गराइन्।

सांसद तारादेवी भट्टले भारततर्फ रहेका नेपालीको उचित व्यवस्थापन गर्न र खाडी मुलुकमा रहेका नेपालीसमेत खान नपाएर मर्ने अवस्था आएको भन्दै उनीहरुको तत्काल उद्धार गर्न माग गरिन्।

सांसद कोमल वलीले पछिल्ला दिनमा कोरोनाको संक्रमण ह्वात्तै बढेकाले तत्काल लकडाउनलाई थप व्यवस्थित गर्न आग्रह गरिन्। उनले भारतको सीमामा बसेका नेपालीलाई व्यवस्थितरूपमा घर ल्याउने प्रबन्ध गरी उनीहरुलाई क्वारेन्टाइनमा राख्ने प्रबन्ध गर्नुपर्नेमा जोड दिइन्। सांसद वलीले संक्रमण फैलिएको स्थानमा समुदाय सिल गरेर कोरोना नियन्त्रणमा लाग्नुपर्ने र अत्यावश्यक सामग्रीको प्रबन्ध गर्न आग्रह गरिन्।

प्रकाशित: May 13, 2020| 13:56 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।